• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजवासीको २५ वर्ष देखिको चाहना पुरा

  • वीरगंज संजाल
  • २३ भाद्र २०७९, बिहीबार १९:५९
  • ९९८१

    वीरगंज । वीरगंजमा विश्वविधालय स्थापना हुनु पर्ने वीरगन्जवासीको झण्डै साढे दुइ दशक देखिको चाहना पुरा भएको छ ।मधेस प्रदेश सरकारले वीरगन्जमा मधेस विश्वविधालयकाो स्थापना गरेसंगै वीरगन्जवासीको त्यो चाहना पुरा भएको हो । वीरगन्जमा विश्वविधालय स्थापनाका लागि २०५४ साल देखि नै वीरगन्जवासीले अनवरत प्रयास गर्दै आएका थिए । २०६३ सालमा वीरगन्ज विश्वविधालय स्थापना र सन्चालनका लागि यहाका स्थानीय सरकार ,संघसंस्था र शिक्षाप्रेमीले रकम संकलन पनि गरेका थिए । तर सरकारले अनुमति नदिदा विश्वविधालय स्थापना र सन्चालन गर्ने वीरगन्जवासीको चाहना पुरा हुन सकेको थिएन ।

    अहिले भने मधेस प्रदेश सरकारले वीरगन्जमा मधेस विश्वविधालय स्थापना गरेको हो । बुुधबार बेलुकी भव्य कार्यक्रम गरेर मधेस विश्वविधालयको उद्घाटन पनि गरिएको छ । पुर्व उपप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेस विश्वविधालयको उद्घाटन गरेका हुन् । वीरगन्जको श्रीपुर स्थित नेशनल ट्रेडिङको भवनमा मधेस विश्वविधालयको केन्द्रिय कार्यालय स्थापना गरिएको छ । विश्वधिालयको उपकुलपतिमा वीरगन्जकै प्राध्यापक डाक्टर दिपक शाक्यलाइ नियुक्त गरिएको छ ।

    विश्वविधालयको भवन करिब १ सय बिघा जग्गामा निर्माण गरिने र त्यसका लागि जग्गाको खोजी भइरहेको उपकुलपति डाक्टर शाक्यले जानकारी दिए ।शाक्यले भने ,‘ नेशनल ट्रेडिङको भवनममा विश्वविधालयको कार्यालय मात्रै सन्चालन हुनेछ , भवन निर्माणका लागि करिब १ सय बिघा जग्गा वीरगन्ज आसपासमै खोजी रहेका छौं , जग्गा प्राप्त भएसंगै एक जना दाताले भवन निर्माणका लागि दुइ सय करोड रुपैया दान दिन तयार छन् । समुद्घाटन समारोहलाइ सम्बोधन गर्दै उपकुलपति शाक्यले वीरगन्जमा विश्वविधालय स्थापना गर्ने वीरगन्जवासीको २५ वर्ष पहिला देखिको चाहना अब पुरा भएको बताए ।उनले मधेस विश्वविधालयलाइ अन्र्तराष्ट्रिय स्तरको नमूना विश्वविधालय बनाइने प्रतिबद्धता जनाए । उनले भने ,‘ यो विश्वविधालयमा अहिले अन्य विश्वविधालयमा चलिरहेका कोर्ष भन्दा फरक कोर्षहरु ल्याइनेछ ।

    शाक्यले मधेस विश्वविधालयको स्थापना मधेसको शिक्षाको इतिहासमा एउटा कोशे ढुङगा साबित हुने बताए । उनले भने ,‘ यो मधेस सरकारको अहिले सम्मकै सबै भन्दा उत्कृष्ट काम हो । विश्वविधालय स्थापनाले मधेसको राजनीतिक , सामाजिक , आर्थिक , सांस्कृतिक रुपान्तरणमा ठूलो टेवा पुग्ने जिकिर पनि उनले गरे । समुद्घाटन समारोहलाइ सम्बोधन गर्दै मधेसका मुख्यमन्त्री लालबाबु राउतले पनि वीरगन्जमा विश्वविधालय स्थापना गर्ने २०५४ साल देखिको वीरगन्ज्वासीको सोच अहिले मधेस सरकारले पुरा गरेको बताए ।

    उनले भने,‘ आज भन्दा २५ वर्ष पहिले नै वीरगन्जमा एउटा विश्वविधालय हुनुपर्छ भनेर हामी लागेका थियौ , त्यसका लागि अनवरत प्रयास पनि गरयौ तर सफल हुन सकिएन ,अहिले आएर वीरगन्जवासीको त्यो चाहना र सोच मधेस सरकारले पुरा गरेको छ ।आजको युग विज्ञान र प्रविधिको युग भएकाले मधेस विश्वविधालयलाइ विज्ञान र प्राविधीक शिक्षाको हबका रुपमा विकास गर्न उनले सुझाव पनि दिए । विश्वविधालयको समुद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री एंव जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेस विश्वविधालयलाइ प्राविधिक जनशक्ति उत्पादन गर्ने नमूना शिक्षण संस्थाको रुपमा विकास गर्न सुझाव दिए ।

    यादवले भने ,‘ विश्वविधालय धेरै छन् , तर घोकन्ते र रटन्ते शिक्षा मात्रै दिने ती विश्वविधालयहरु भन्दा फरक हुनु पर्छ मधेस विश्वविधालय , किन कि अहिलेको युग विज्ञान र प्रविधीको युग हो , यसैलाइ मध्यनजर गरेर मधेस विश्वविधालय अगाडि बढ्नु पर्छ ।मधेस विश्वविधालयलाइ केव शैक्षिक प्रमाणपत्र बाड्ने संस्था नबनाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक हबको रुपमा सन्चालन गर्न उनले सुझाव दिए ।समुद्घाटन कार्यक्रममा संघीय सकारका वन तथा वातावरणमन्त्री प्रदीप यादव , मधेस प्रदेश सरकारका सामाजिक विकास मन्त्री एंव मधेस विश्वविधालयका कुलपति नवलकिशोर साह , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ता , विभिन्न विश्वविधालयका उपकुलपति , शिक्षा विद लगायतको पनि सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑