वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिकामा बिहीबार नेकपा एमालेको गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । एमालेका गाउँपालिका कमिटी अध्यक्ष अकलेश साहको अध्यक्षता एंव केन्द्रिय सदस्य राजकुमार गुप्ताकाे प्रमुख आतिथ्यतमा सम्पन्न भेलाले विजय चौरसियाको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
त्यस अवसरमा नेपाली कांग्रेस परित्याग गरी १५० जना नेकपा एमालेमा प्रवेश गरेको चौरसियाले बताए । नव प्रबेशीहरुलाई केन्द्रिय सदस्य गुप्ताले अबिर लगाएर पार्टीमा स्वागत गरे ।
भेलामा नेकपा एमालेका जिल्ला अध्यक्ष जय प्रकाश थारु ,प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद , जिल्ला सदस्य तथा गाउँपालिका इन्चार्ज विकास पाण्डे , नेता शिव पटेल , दीनानाथ साह , धामु शर्मा लगायतको उपस्थिति पनि रहेको थियो।