• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बलिउड स्टार गोविन्दा र नेपाली अभिनेता प्रदीप खड्काबीच- गोविन्दाले प्रदीपला यसो भने..

  • वीरगंज संजाल
  • २१ भाद्र २०७९, मंगलवार १६:३६
  • २८९७

    वीरगंज । प्रेमगीत ३’को भारत प्रदर्शनबारे बलिउड स्टार गोविन्दा र नेपाली अभिनेता प्रदीप खड्काबीच आइतबार भेटवार्ता भएको छ । भेटमा गोविन्दाले फिल्मको भारत प्रवद्र्धनमा आफूले सघाउने बताए । ‘उहाँले हामीलाई प्रमोसनमा सघाउने प्रतिबद्धता जनाउनुभएको छ,’ भेटपछि प्रदीपले भने, ‘उहाँको प्रतिबद्धतालाई लिएर हामी उत्साहित छौं ।’ गोविन्दासँगको भेटमा निर्देशक दिनेश डीसी र चौधरी ग्रुपका वरुण चौधरी पनि सहभागी थिए । यसैबीच, गोविन्दा र पत्नी सुनिता आहुजाले आफ्नो सम्मान आयोजना गरिएको मिट एन्ड ग्रीट समारोहमा भाग लिए । सुपर डान्सर नेपालले आयोजना गरेको उक्त कार्यक्रमको जुरीको रुपमा रहेका अभिनेता भुवन केसीले पनि गोविन्दासँग भेट गर्दै नेपाली फिल्मको अवस्थाबारे जानकारी गराए । उक्त अवसरमा बोल्दै गोविन्दा दम्पतीले अन्य नेपाली शोमा पनि आफूहरुको उपस्थिति हुने बताउँदै नेपाली चेली र ज्वाइँको उपमा पाउँदा खुसी मिलेको बताए । गोविन्दा आइतबारै भारतको कोलकातामा हुने एक कार्यक्रमका लागि सपत्नी प्रस्थान गरेका छन् । यस्तै.. बलिउड स्टार गोविन्दा र पत्नी सुनिता आहुजा नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरका विशेष अतिथि बनेका छन् ।

    शनिबार छायांकन भएको उक्त एपिसोडको गेस्ट जुरीमा गोविन्दा स्वयम पनि देखिँदैछन् । छायांकन सेटबाट प्राप्त एक्सक्लुसिभ तस्वीरमा गोविन्दा नेपाली ढाकाटोपी र दौरामा देखिएका छन् भने सुनिता चौबन्दी चोलो र सारीमा सजिएकी छन् । आगामी साता ग्राण्ड प्रिमियरको एपिसोड प्रसारण हुने जनाइएको छ । केही महिनाअघि नै रियालिटी शो आयोजक र गोविन्दाबीच यसबारे सहमति भएको थियो सोहीअनुसार उनी गत विहिबार काठमाडौं उत्रिएका थिए । शुक्रबार र शनिबार काठमाडौंमा बिताएका गोविन्दा दम्पती आइतबार दिउँसो कोलकातातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । यो पनि..काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफै डोजर लिएर एक्सनमा उत्रिएपछि सर्वत्र प्रशंसा र वाहीवाही पाइरहेका छन् । अबैधानिक संरचना भत्काउन सुरु भएसंगै यस बिषयमा चर्चा, परिचर्चा र बहस भइरहेको छ । विभिन्न व्यक्तिहरुले विभिन्न किसिमले यो बिषयमा प्रतिक्रिया दिइरहेका छन् ।नागरिक स्तरबाट बालेनले अभूतपूर्व समर्थन प्राप्त गरेका छन् भने विभिन्न राजनितिक पार्टीका केहि नेता र व्यापारीहरुले भने बालेनलाई नराम्रो समेत भनेका छन् । काग्रेस नेता मिन विश्वकर्मा र एमाले नेता महेश बस्नेतले खुलेरै बालेनको विरोध गरेका छन् । केहिले भने घुइरो घुइरो विरोध गरिरहेका छन् ।

    जनस्तरबाट भने हामीले खोजेको मेयर यस्तै हो भन्दै बालेनले गतिलो समर्थन प्राप्त गरिरहेका छन् । देशभरी बालेनकै डोजरको चर्चा चलिरहेका बेला मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध डढेलधुराबाट उमेदवारी घोषणा गरेका सागर ढकालले यस बिषयमा मुख खोलेका छन् । बालेनले गरेको कामको प्रशंसा गर्दै सागरले एक जना बालेनले जित्दा त यस्तो अवस्था छ भने देशैभरीबाट १६५ जना बालेनले जितेमा कस्तो अवस्था होला ? भनेर भनेका छन् । भ्रष्टाचारी र देश विर्सेर पार्टीवादी बन्नेहरुको हालत कस्तो होला संघिय निर्वाचनमा स्वतन्त्रहरुले जितेमा भन्ने कल्पना उनले गरेका छन् । ढकालले आफ्नो सामाजिक संजालमा स्टाटस लेख्दै बालेनको कामले भ्रष्टहरुको मुटु हल्लिएको संकेत गर्दै सबैतिरबाट बालेन जस्तै उमेदवारहरुले जितेर आएमा कायापलटनै हुने दाबी गरेका छन् । ढकालले त्यो मौका आएको भन्दै मंसिर ४ को सदुपयोग सबैले गर्नु पर्ने भनेका छन् ।

    बालेनको तारिफ गर्दै सागर ढकालले आफ्नो सामाजिक संजालमा लेखेको स्टाटस यस्तो छ एउटा बालेन आउँदा यस्तो छ , १६५ क्षेत्रमै बालेनहरु आए भने भ्रष्ट्राचारी र देश बिर्सेर पार्टीबाद भन्नेहरुको हालत अब ४/५ महिनामै के होला ? अब सक्षम पढेलेखेका अनुभवि जोस होस र देश विकास गर्ने हुटहुटि भएका २ करोड युवा बालेनहरुको पालो। देशको माया लाग्छ भने देशभरि बालेनहरुलाई आउने चुनावमा खोजि खोजि सकेको मेहनत गरेर संघिय चुनाव जिताउनु होला। ३३ थोरै नयाँ होइन पुर्ण नयाँ ढकालले लेखेको यो स्टाटस भाइरल भएको छ । उनको समर्थनमा धेरैले सेयर र प्रतिक्रिया दिएका छन् । पाँच बर्ष अघि बिबिसीको साझा सवाल कार्यक्रममा प्रश्न गर्दा देउवाले तपाई बढ्ता बोल्दै हुनुहुन्छ भनेर थर्काएका युवा हुन् सागर ढकाल । अहिले उनी आफैँ देउवासँग प्रतिष्पर्धा गर्छु भन्दै डढेलधुराबाट प्रतिनिधीसभाको उमेदवार बनेर मैदानमा उभिएका छन् । देउवालाई हजुरबुवा भन्ने गरेका ढकालले अब नाती पुस्ताले यो देशको नेतृत्व गर्नु पर्ने बताउदै आएका छन् । यस पटक देउवालाई जसरी पनि चुनाव हराउने र बृद्धभक्ता खुवाउने उद्घोष सहित उनी मैदानमा उत्रिएका छन् । सागरले सांसद मात्रै होइन प्रधानमन्त्रीनै बन्ने महत्वाकांक्षानै राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑