• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको क्षेत्र नंबर १ र ४ मा काँग्रेसको पल्ला भारी

  • वीरगंज संजाल
  • २१ भाद्र २०७९, मंगलवार १६:२१
  • ३३७३

    बारा । बारा जिल्लामा रहेका ४ वटै संघीय र प्रादेशीक निर्वाचन क्षेत्रमा राजनीतिक दलले आ आफ्ना उम्मेदवार तय गर्न माथिल्लो निकायमा सिफारिस गरेका छन् । बारा क्षेत्र नंबर १ को संघीय सांसदमा नेपाली काँग्रेसले केन्द्रीय सह महामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीको एकल नाम सिफारिस गरेको छ । यो क्षेत्र नेपाली काँग्रेसको बलियो क्षेत्रका रुपमा पनि हेरिन्छ ।२०७४ को निर्वाचनलाई हेर्ने हो भने तत्कालिन नेकपा माओवादी केन्दद्र र नेकपा एमालेले गठबन्धन गरी निर्वाचनमा सहभागि हुँदा समेत नेपाली काँग्रेसका उम्मेदवार उमाकान्त चौधरीले जीत निकालेका थिए । चौधरीले २४ हजार ४ सय ५० मत प्राप्त गर्दा नेकपा गठबन्धनका तर्फबाट निकटतम प्रतिद्धन्दी नेकपा एमालेका नेता अच्युत प्रसाद मैनालीले २२ हजार ३० मत प्राप्त गरेका थिए । तेश्रो बनेको तत्कालिन राष्टिय जनता पार्टी नेपालका उम्मेदवार रामकिसोर प्रसाद यादवले २० हजार १ सय ४४ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा तत्कालिन राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले तालमेल गरेका थिए ।

    आगामी मंसिर ४ को निर्वाचनका लागि काँग्रेसबाट उमाकान्त चौधरीको नाम सिफरिस हुँदा नेकपा एमालेले भने दुई जनाको नाम सिफारिस भएको छ । संविधानसभा सदस्य एवं मन्त्री पुरुषोतम पौडेल र अच्युतप्रसाद मैनालीको नाम एमोले सिफारिस गरेको हो । पौडेल २०७० को संविधान सभा निर्वाचनमा बिजयी भएका थिए भने मैनाली २०७४ को निर्वाचनमा चौधरीसँग २ हजार ४ सय २० मतान्तरले पराजित भएका थिए । जनता समाजवादी पार्टी नेपालले भने दुई जनाको नाम सिफारिस गरेको छ । रामबाबु प्रसाद कुश्वाहा र मनिष यादव दुई जनाको नाम जसपाले सिफारिस गरेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ओमप्रकाश चौधरीको नाम एकल सिफारिस गरेको छ । जसपा र लोसपाले सिफारिस गरेका व्यक्तिहरु नयाँ अनुहार हुन ।

    बारा ४ मा पनि काँग्रेस नै बलियो

    बाराको निर्वाचन क्षेत्र नंबर ४ मा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको अवस्था काँग्रेस र एमालेको तुलनामा निकै कमजोर देखिन्छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको वडागत तथ्यलाई केलाउने हो भने जसपा भन्दा माओवादी केही माथि देखिए पनि जनमत माओवादीको पक्षमा देखिन्न । यस क्षेत्रमा काँग्रेस, एमाले र लोसपा बीच त्रिपक्षय भिडन्त हुने देखिन्छ । जसपाको समेत निकै कमजोर जनमतका कारण बारा ४ मा जसपाले गठबन्धनका अन्य दललाई नै समर्थन गर्न सक्ने आंकलन गर्न सकिन्छ ।

    २०७४ कै निर्वाचनलाई हेर्ने हो भने बाम गठबन्धन र तत्कालिन राष्टिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले तालमेल गरी आ आफ्ना उम्मेदवार दिएका थिए । जसमा राजपाका उम्मेदवार एकवाल मियाँ बिजयी भएका थिए । मियाँले २२ हजार २ सय ७५ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी बाम गठबन्धनका उम्मेदवार देवनारायण थारुले २० हजार ६ सय ७ मत प्राप्त गरेका थिए । एक्लै चुनावमा गएको काँग्रेसका उम्मेदवार लालवावुसिंह भुमीहार १४ हजार ५ सय १६ मत प्राप्त गरी तेश्रो भएका थिए । निर्वाचन क्षेत्र नंबर ४ मा अहिले काँग्रेसले डा. शोभाकर पराजुली, सुनिल कुमार गुप्ता, लालवावु सिंह भुमिहार, कृष्णव्रत सिंह, ईच्छा वाग्ले र राजेशप्रसाद चौरसियाको नाम सिफारिस गरेको छ । पराजुली संविधानसभा सदस्य हुन भने भुमिहार २०७४ को निर्वाचनमा तत्कालिन राष्टिय जनता पार्टी नेपालका उम्मेदवार एकवाल मियाँसँग पराजित भएका थिए । डा. पराजुली नेपाली काँग्रेस भित्र बौद्धिक नेताका रुपमा पनि चिनिन्छन् । काँग्रेसका डा. पराजुली पार्टीको पुर्व मुख्य सचिव र संसदीय दलको पुर्व सचेतक एवं संविधान सभा सदस्य समेत हुन् ।

    सुनिलकुमार गुप्ता गत स्थानीय निर्वाचनमा प्रसौनी गाउँपालिकामा अध्यक्ष पदका प्रत्यासी उम्मेदवार बनेका थिए । गुप्ता ४ नम्बर निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति पनि हुन । व्यवसायीक पृष्ठभूमिबाट आएका वाग्ले यस क्षेत्रका लागि नयाँ व्यक्ति र कार्यकर्ता एवं मतदाता माझ समेत त्यति धेरै लोकप्रिय देखिन्नन् । कृष्णव्रत सिंह पहिलो स्थानीय तहको निर्वाचनमा जीतपुरसिमरा उपमहानगरको प्रमुख पदका प्रत्यासी उम्मेदवार हुन । निकै सादगी जीवन शैलीका कारण पार्टी भित्र राम्रो छवि बनाएका व्यक्ति पनि हुन । पुर्व गाविस अध्यक्ष समेत भईसकेका निकै सालिन व्यक्तित्वको रुपमा हेरिएपनि उनी जनता माझ पुग्न नसक्ने भनेर काँग्रसीजनहरु भित्रै गुनासो सुनिन्छ । नेकपा एमालेले भने अहिले पुनः देवनारायण थारु चौधरीको नाम एकल रुपमा पठाएको छ । शिक्षक पृष्ठभूमिबाट आएका थारु समेत एमाले भित्र बौद्धिक र सरल जीवन शैली भएका व्यक्ति हुन । २०७४ को निर्वाचनमा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थारु यस पटक भने सत्ता गठबन्धनका दलहरुका साझा उम्मेदवारसँग एक्लै भिड्नु पर्ने देखिन्छ ।

    सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, जसपा, माओवादी, समाजवादी र राष्टिय जनमोर्चाका तर्फबाट जसले टिकट पाएपनि गठबन्धनको जीत सहज देखिन्छ । अघिल्लो संघीय निर्वाचनमा बाम गठबन्धनका तर्फका उम्मेदवारको मत र हालै स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले पाएको मतलाई समेत हेर्ने हो भने निकटतम प्रतिद्धन्दीका रुपमा नेकपा एमालेलाई लिन सकिन्छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट केन्द्रीय अध्यक्ष महन्त ठाकुरको नामसँगै अन्य तीन जनाको नाम सिफारिस गरेको छ । जसमा संघीय सांसद एकवाल मियाँ, सिताराम गुप्ता र शिवजी साह सोनार रहेका छन् । केन्द्रीय अध्यक्ष ठाकुर बारा ४ बाट चुनाव लड्ने पक्षमा देखिदैनन् । सद्भावका लागि समेत उनको नाम सिफारिस भएको पार्टीकै कार्यकर्ताहरु बताउँछन् । हाल संघीय सांसद रहेका मियाँ, गुप्ता र सोनार मध्ये एक जना उम्मेदवार हुने छन् । जसपाको भन्दा लोसपाको यस क्षेत्रमा राम्रो पकड रहेको छ । स्थानीय निर्वाचन र गत संघीय निर्वाचनको परिणामबाट हेर्ने हो भने लोसपा समेत प्रतिस्पर्धात्मक हुन सक्ने देखिन्छ । जातिय भोटको असर देखिदा काँग्रेस, एमाले र लोसपा बीच नै प्रमुख प्रतिस्पर्धा हुने छ । यसै गरी जनता समाजवादी पार्टीले बारा क्षेत्र नंबरं. ४ मा तीन जनाको नाम सिफारिस गरेको छ । बिरेन्द्रप्रसाद कुशवाहा, भरतप्रसाद कुर्मी र आनन्दकुमार यादवको नाम सिफारिस भएको छ । तीनै जना नयाँ अनुहार हुन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑