वीरगञ्ज । यही भदौ २५ गते पर्ने विश्व आत्महत्या रोकथाम दिवस भब्य रुपमा मनाइने भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा सोमवार बसेको सरोकारवालाको बैठकले आत्महत्या सम्बन्धी सचेतनाका लागि भब्य रुपमा कार्यक्रम गरेर दिवस मनाउने निर्णय गरेको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत बढ्दै गरेको आत्महत्याका घटनालाई निर्मूल पार्न एवम् सचेतना फैलाउनका लागि दिवस मनाउने निर्णय गरिएको पर्साका प्रमुख प्रहरी उपरीषक रमेश कुमार बस्नेतले जानकारी दिए ।
बस्नेतकै अध्यक्षतामा बसेको बैठकले २५ गते शनिवार बिहान ८ बजेदेखि साढे ८ बजेसम्म प्रभातफेरी निकाल्ने र साढे ८ बदेदेखि पौने १० बजेसम्म कोणसभा गरेर १० बजे सम्मको कार्यक्रम तालिका रहेको सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष रामकुमार सर्राफले जानकारी दिए ।
बैठकमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीषकद्वय दिपक गिरी र निर्मल बुढाथोकी, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष आलोक चौरसिया, एनजिओसिसिका अध्यक्ष इब्राहिम देवान, सानो पाइलाकी सुजिता ताम्रकार, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु लगायतको उपस्थितीमा बसेको बैठकले दिवस मनाउनुका साथै आत्महत्या सम्बन्धी सचेतना जगाउने निर्णय गरेको हो ।