जनकपुरधाम। बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारले छापा मारेको छ।
शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटेको टोलीले जनकपुरधामस्थित रहेको बृहत्तरको कार्यालयमा छापा मारेर घुम्ती शौचालयको कागजातसहित करिब तीनवटा योजनाको फाइल नियन्त्रणमा लिएको प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए।
उनका अनुसार बृहत्तर क्षेत्र विकासबारे आयोगमा विभिन्न उजुरीहरू परेपछि उजुरी परेका योजनाहरूको कागजातहरू माग गरिएको हो।
यसअघि पनि आयोगको कार्यालय बर्दिबासबाट खटेको अख्तियारको टोलीले बृहत्तरद्वारा जानकी मन्दिरमा भएको विद्युतीकरणमा व्यापक अनियमितता भएको भन्दै उजुरी परेपछि छापा मारेर सो सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो। तर, सो मुद्दालाई अख्तियारले मुल्तवीमा राखेको छ।