• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दिगो पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय समुदायसंग साझेदारी आवश्यक छ : वनमन्त्री यादव

  • वीरगंज संजाल
  • १७ भाद्र २०७९, शुक्रबार १८:३४
  • २५४५

    वीरगंज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाल जस्तो पहाडी मुलुकका लागि आफ्ना हिमाली समस्यालाई विश्वव्यापी रुपमा उजागर गर्ने राष्ट्रहरु, क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदाय बीच दिगो पर्वतीय विकासका लागि बलियो साझेदारी आवश्यक रहेको बताएका छन् । वन तथा वातावरण मन्त्रालयले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय दिगो पर्वतिय वर्ष २०२२ अन्तर्गत ‘मिट द एम्बेस्डर्स’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले दिगो पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय समुदाय बीच बलियो साझेदारी र आवश्यक रहेको बताएका हुन् ।

    उनले भने, “हिन्दुकुश हिमाली क्षेत्रमा थप औपचारिक र प्रभावकारी ढङ्गले काम गर्दै विकास गर्नका लागि एउटा मन्त्रिस्तरीय सामूहिक सङ्गठनको आवश्यकता छ , हामी विश्वभरका पहाडी क्षेत्रहरुको समृद्धिको लागि अन्य देशहरुसँग सहकार्य र साझेदारी बढाउन इच्छुक छौं ।”मन्त्री यादवले संयुक्त राष्ट्र संघको महासभाले सन् २०२२ लाई दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको रुपमा तोकेको समेत जानकारी दिए । नेपाल सरकारले आफ्ना हिमालका समस्या र सम्भावनाहरु नागरिक र अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन सक्ने गरी विभिन्न कार्यक्रम र गतिविधि सहितको दिगो पर्वतीय विकास अन्तर्राष्ट्रिय वर्ष मनाउने निर्णय भएअनुसार आफुहरु काममा लागि परेको समेत उनले जानकारी गराए। नेपालजस्तो पहाडी मुलुकका लागि आफ्ना हिमाली समस्याहरुलाई विश्वव्यापी रुपमा उजागर गर्ने र राष्ट्रहरु, क्षेत्रीय संस्थाहरु र अन्तर्राष्ट्रिय समुदायहरुबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारी खोज्ने यो ठूलो अवसर भएको मन्त्री यादवको भनाई थियो ।

    मन्त्री यादवले नेपालमा हिमाल र पहाडले करिब करिब ८० प्रतिशतभन्दा बढी भूभाग ओगटेको तथा ती क्षेत्रमा पर्ने जङ्गल, सिमसार, खेतबारी, दायरा र चट्टान अनी हिउँको परिदृश्यले नेपाली पहाडहरु निकै मनोरम रहनुका साथै ठूलो सङ्ख्यामा वनस्पति र जनावरहरुका प्रजातिका साथै मानव जीविकालाई सहज भएको बताए । हिमाली क्षेत्रहरुमा जलवायु परिवर्तनको प्रभाव, विशेष गरी उच्च पहाडी क्षेत्रहरुमा संसारका अन्य भागहरु भन्दा बढी गम्भीर रहेको र तापक्रम वृद्धिप्रति हिमाली क्षेत्रहरु बढी सम्वेदनशील रहेको मन्त्री यादवको भनाई थियो । हिमालमा जलवायु परिवर्तनको प्रभावले तराईमा पनि प्रभाव पार्ने तथा विशेष गरी पहाड र तराईकोबीचमा पानीजस्ता पारिस्थितिक प्रणाली सेवाहरुको प्रवाहको कारणले हिमालमा पर्ने जलवायु परिवर्तनले तराई क्षेत्रमा पनि प्रभाव पार्ने प्रति मन्त्री यादवले चिन्ता समेत व्यक्त गरे । पहाडी क्षेत्रहरु, विशेष गरी विकासोन्मुख देशहरुमा, बढ्दो गरिबी, खाद्य असुरक्षा, वातावरणीय ह्रास, प्रकोपको जोखिम र आधारभूत सेवामा सीमित पहुँच जस्ता धेरै कठिनाइहरु भोगिरहेका कारण समस्या भइरहेको उनको भनाई थियो । वन तथा वातावरण सचिव डाक्टर पेमनारायण कँडेलको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा बेलायत, ब्रिटेन, ब्राजिल, इजिप्ट, जापान, श्रीलङ्का, जापान, बाङ्लादेश लगायतका राजदूत तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो । साभाल : मधेशखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑