वीरगंज । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर गरी ३ जनाको मृत्यु भएको शुक्रबार जानकारी दिएको हो । यस्तै २ हजार ८६९ नमुना परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
१ हजार ५९५ पीसीआर परीक्षणमा १३४ संक्रमित र १ हजार २७४ एन्टीजेन परीक्षणमा ७२ जनामा संक्रमण देखिएको हो । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ८९१ रहेको छ ।
२४ घण्टामा ३९८ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा ९८ हजार ४४० ले खोप लगाएका छन् ।