• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज महानगरमा नगर प्रमुखको सय दिन, के-के भयो ?

  • वीरगंज संजाल
  • १७ भाद्र २०७९, शुक्रबार १७:३५
  • ३८८९

    वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जवासीको दैनिकीसँग जोडिएको समस्या समाधान गर्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । वीरगन्ज महानगरपालिकाको नेतृत्व सम्हालेको एक सय दिन पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गरेर सिंहले आफूले एक सय दिनको यो अवधिलाई जनताको सेवामा पुर्ण रुपमा सदुपयोग गरेको बताए । पत्रकार सम्मेलनमा महानगरपालिकाको तर्फबाट वितरित प्रेस विज्ञप्तिमा महानगरपालिकाले नयाँ नेतृत्व पाएको सय दिनको अवधिमा समृद्ध वीरगंज निर्माण तथा वीरगन्जवासीको समस्या समाधान गर्दै नगरवासीका जनजीविकासँग जोडिएका कामलाई प्राथमिकतामा राखेर अगाडी बढेको कुरा उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा वीरगन्ज महानगरपालिकाबाट प्रदान गरिने कुनै पनि सेवाका लागि अनिवार्य शुल्क बाहेक विभिन्न बहानामा सेवाग्राहीसँग असुली गर्ने गलत अभ्यासलाई पूर्ण रुपमा अन्त्य गरिएको, सेवाग्राहीलाई गलत नियत राखी अल्झाउने पद्धतिको अन्त्य गरी छिटो छरितो सेवा प्रवाह गरिएको, कर्मचारी र जनप्रतिनिधिलाई मात्रै नभई सेवाग्राहीको सहजताका लागि एसी सहितको डिजिटल टोकनको व्यवस्था गरिएको, कर्मचारीहरू समयमा उपस्थित भए नभएको अनुगमन गर्न ई–हाजिरीको व्यवस्था गरिएको, महानगरपालिकाका प्रत्येक शाखामा सिसी टिभी क्यामरा जडान गरी नगर प्रमुखले प्रत्यक्ष रुपमा निरीक्षण गर्ने व्यवस्था मिलाइएको, महानगरका ३२ वटै वडामा सचिव र सहायक सचिव खटाई सेवाग्राहीलाई छिटो छरितो सेवा दिने व्यवस्था मिलाइएको उल्लेख छ ।

    यस्तै महानगरपालिकाका प्रत्येक वडाको सेवालाई डिजिटल बनाइएको, कम्प्युटर अपरेटरको व्यवस्था गरी व्यवसाय कर, बहाल कर, एकिकृत सम्पत्ति कर वडाबाटै तिर्ने व्यवस्था मिलाइएको, सरसफाईको जिम्मा पनि वडामा नै विकेन्द्रित गरिएको, वीरगन्जलाई मैत्री सहरको रुपमा विकास गर्न सवारी व्यवस्थापन कर खारेज गरिएको, फुटपाथमा अवैध रुपमा राखिएको निर्माण जन्य सामग्री हटाउने र छाडा चौपाया नियन्त्रण जरिवाना गर्ने व्यवस्था कडा रुपमा कार्यान्वयन गरिएको, नगर क्षेत्रका किसानलाई आवश्यक मलको व्यवस्था मिलाइएको, धार्मिक स्थलको सौन्दर्यीकरण कार्यक्रम अगाडी बढाइएको, नगरलाई हरियाली बनाउन बाइपास सडक खण्डमा वृक्षारोपण गरिएको लगायतका विभिन्न २३ बुँदे कार्यलाई महानगरपालिकाले अगाडी बढाएको उल्लेख छ ।

    पत्रकार सम्मेलनमा मेयर सिंहले गत साउन महिनामा महानगरपालिकाले ५५ लाख रुपैया कर असुली गरेको र वीरगन्जका ठूला व्यापारी घरानाबाट मात्रै साढे ६ करोड भन्दा बढी घर बहाल कर असुली गर्न बाँकी रहेको हुँदा यसलाई तत्काल कडा कदम चालेर भए पनि असुल उपर गरिने बताए । मेयर सिंहले यस अघि निर्वाचित जनप्रतिनिधिले महानगरको ठूलो रकम हिनामिना गरेको हुँदा कारबाहीको दायरमा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह समेत गरिएको बताउनु भयो । पत्रकार सम्मेलन वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलको पनि उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑