सप्तरी । आगामी महान् चाडहरुलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय, सप्तरीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दशैं, तिहार, छठलगायत चाडबाडलाई सुरक्षित बनाउन कार्यालयले जिल्लाभरका सुनचाँदी व्यवसायीसँग छलफल गरेको बताइएको छ।
चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था सुदृढ बनाउने उद्देश्यका साथ आज अन्तरक्रिया कार्यक्रम राखिएको हो । चाडबाडमा चोरी, डकैती, लुटपाटका घटना अत्यधिक हुने उल्लेख गर्दै कार्यालयले सबै व्यवसायीलाई रोकथाममा सहयोग गरिदिन आग्रह गरेको छ ।
यता, व्यवसायीहरुले पनि चोरी, लुटपाटजस्ता अपराधिक क्रियाकलाप नियन्त्रण तथा रोकथाम गर्न प्रहरीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, जिल्ला प्रहरी कार्यालयले पनि आफूबाट हुने सक्ने सम्पूर्ण व्यवस्था मिलाइदिने बताएको छ ।