• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आवश्यक युरिया १५ हजार, वितरण ७९२ मेट्रिक टन

  • वीरगंज संजाल
  • १७ भाद्र २०७९, शुक्रबार १२:३३
  • १७१३

    वीरगंज । मागभन्दा ढिलो वितरण भइरहेको रासायनिक मल पनि अपुग भएपछि किसान चिन्तित बनेका छन् । पर्याप्त मल नपाउँदा पाएको परिणाम पनि ‘निल्नु न ओकल्नु’ जस्तो भएको किसानको गुनासो छ । ‘पहिला निकै भनसुन गरें,’ कपिलवस्तु–६ बर्मेलीका रामगोविन्द चौधरीले भने, ‘बल्लबल्ल दुई बोरा युरिया र एक बोरा डीएपी पाएँ ।’ उनलाई १० बोरा युरिया र चार बोरा डीएपी चाहिन्थ्यो । अहिले पाएको थोरै मल कहाँ छर्ने भन्ने चिन्तामा उनी छन् । ‘सरकारले छर्न नभई हेर्नलाई मात्रै मल बाँडेजस्तो लाग्यो,’ उनले दुखेसो पोखे । जिल्लाकै यशोधरा गाउँपालिका–६ का राजु पाण्डे आवश्यकताअनुसार मल नपाएको गुनासो गर्छन् । ‘जोखना हेर्ने गरी मल वितरण गरियो,’ उनले भने, ‘त्यो निल्नु न ओकल्नु भएको छ ।’ आवश्यकताभन्दा कम मलखाद वितरण गरिएको उनले बताए । ढिलो रोपाइँ गरेका किसान मल अभावले समस्या र चिन्तामा छन् । जिल्लालाई धान खेतीका लागि १५ हजार मेट्रिक टन युरिया र १२ हजार मेट्रिक टन डीएपी आवश्यक रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष भदौमा ७ सय ९२ मेट्रिक टन युरिया र ६३ मेट्रिक टन डीएपी मात्र वितरण गरिएको छ ।

    एउटा सहकारीलाई १८–२० बोराका दरले डीएपी बाँडिएको छ । त्यसअघि धानको बीउ छर्ने बेला जेठमा युरिया वितरण गरिएको थिएन । त्यसबेला डीएपी मल पनि पर्याप्त थिएन । यो वर्ष २ सय ३५ मेट्रिक टन मात्र डीएपी वितरण गरिएको छ । त्यो पनि पँहुच हुनेले मात्र पाएको कपिलवस्तु–३ सड्वाका कृष्ण कोहारले आरोप लगाए । ‘भारतबाट जेनतेन डीएपी ल्याएर खेतमा छरेर बीऊ राखेँ,’ उनले भने, ‘तर मल राम्रो नपर्दा बीउ सप्रिएन । यस वर्ष चुलोचौको गर्नगाह्रो हुने भो ।’ जिल्लालाई अहिले आएको ७ सय ९२ मेट्रिक टन युरिया मल १० स्थानीय तहलाई बाँडिएको छ । खेतीयोग्य जमिनका आधारमा कृषि ज्ञान केन्द्रको रोहवरमा वितरण गरिएको हो । तौलिहवा र बहादुरगन्जमा रहेको कृषि सामग्री लिमिटेड कम्पनीले सहकारीमार्फत किसानलाई मल दिइरहेको छ । खासमा बीउ छर्ने बेला डीएपी चाहिन्छ तर त्यतिबेला उपलब्ध भएन । अहिले धानले गाँज हाल्ने बेला हो । यसबेला युरिया मल राख्नुपर्छ । ‘त्यो पनि आवश्यकताअनुसार वितरण भएन,’ अगुवा किसान चर्तुभुजमणि त्रिपाठीले भने, ‘वर्षा पनि राम्रो भएको छैन । किसानले मल पनि पाएनन् । खेतमा धाँजा फाटेको छ । अब कसरी घरगर्जो गर्ने चिन्ताले थलिएका छौं ।’

    भदौ अन्तिम र असोज पहिलो सातातिर धान पसाउने बेलामा पनि युरिया हाल्नुपर्छ । त्यतिखेर पनि मल पाउने उनलाई आशै छैन । अहिले आएको युरिया भदौ १७ सम्म वितरण गरेको कृषि सामग्री कम्पनी तौलिहवाका प्रबन्धक प्रकाशचन्द्र ज्ञवालीले बताए । ‘अब धानका लागि मल आउने सम्भावना छैन,’ उनले भने, ‘गँहु र तोरीका लागि दसैंपछियुरिया मल आउँछ ।’अहिले कोलकाता आइपुगेको मल क्षेत्रीय कार्यालयमार्फत यहाँ आउने हो । गोदाममा युरिया र डीएपी मौज्दात छैन । ८० मेट्रिक टन पोटास मात्र मौज्दात छ । ‘मल नहुँदा बीउ पनि राम्ररी उम्रेन,’ महाराजगन्ज नगरपालिकाका किसान कृष्ण यादवले भने, ‘अहिले गाँज लाग्ने बेला युरिया छर्न नपाउँदा धान पहेंलै हुन थालेको छ ।’ सरकार किसानमैत्री नभएकाले खेतीपाती गर्न जाँगर नचलेको उनले सुनाए । ‘अब विदेशिनुको विकल्प देखेको छैन,’ उनी निराश सुनिए । जिल्लामा यस वर्ष ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । मल अभावसँगै पर्याप्त वर्षा नहुँदा उत्पादनमा कमी आउने ज्ञान केन्द्रका प्रमुख रवीन्द्रचौबेले बताए । साभाल : कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑