• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जस्थित नेसनल ट्रेडिङको भवन जीर्ण, मर्मतको बजेट फिर्ता

  • वीरगंज संजाल
  • १७ भाद्र २०७९, शुक्रबार १२:२९
  • २००५

    वीरगंज । जीर्ण भवन र व्यवस्थापन लथालिङ्ग रहेको वीरगन्जस्थित नेसनल ट्रेडिङ लिमिटेडको भौतिक पूर्वाधार मर्मतसम्भारका लागि छुट्याइएको ५० लाख रुपैयाँ बजेट फ्रिज भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेसनल ट्रेडिङको भवन परिसरमा पानी जम्छ । भवनमा लेउ लाग्नुका साथै घाँस उम्रिएको छ । पुरानो भवन त्यसमाथि समय–समयमा मर्मतसम्भार नहुँदा भवन जीर्ण बनेको हो ।

    शाखा प्रमुख विकास कटुवालले गतवर्ष केन्द्रबाट आएको बजेट व्यवस्थापन हुन नसकेको स्विकारे । बजेट आएलगत्तै गतवर्ष नै निर्माण सामग्रीको मूल्य ३० देखि ४० प्रतिशतसम्म वृद्धि भएपछि टेन्डर प्रक्रिया अघि नबढेको उनले बताए । ‘साविकको नेसनल ट्रेडिङ कार्यालय रहेको मुख्य कार्यालय भवन र हाताभित्रको बाटो मर्मत गर्न बजेट आएको थियो,’ उनले भने, ‘तर निर्माण सामग्रीको मूल्य अत्यधिक बढेपछि ५० लाखले ठेक्का लाग्ने अवस्था नदेखिएपछि टेन्डर प्रक्रियामै गएनौं ।’त्यसबेला कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पनि नहुँदा आफूहरूले केन्द्रसँग समन्वय र थप बजेटबारे ठोस निर्णय लिन नसकेको उनले सुनाए । ट्रेडिङ परिसरमा हाल १३ वटा गोदाम छन् । १३ मध्ये १२ वटा गोदाम कम्पनीले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीलाई भाडामा दिएको छ । एउटा गोदाम आफ्नै प्रयोजनका लागि राखेको छ । दर्जन गोदामको भाडाबाट मात्रै ट्रेडिङले वार्षिक ९२ लाख रुपैयाँ आम्दानी गरिरहेको छ । तर, कुनै समय गुल्जार रहेको ट्रेडिङ परिसर अहिले खण्डहरजस्तो देखिन्छ ।

    हालै मात्र ट्रेडिङको मुख्य कार्यालय भवन मधेस विश्वविद्यालयलाई ५ वर्षका लागि भाडामा दिइएकाले उसले उक्त भवनको मर्मतसम्भार र रंगरोगन थालेको छ । अन्य भवन र गोदामको अवस्था भने उस्तै छ । वर्षायाममा गोदामसम्म पुग्ने मुख्य बाटोमै पानी जमेर पोखरी बन्छ । नाला पुरिएर पानीको निकास नहुँदा परिसरमा पानी जम्ने गरेको हो । पूर्ण क्षमतामा सञ्चालन हुँदा यसका गोदामहरू विकास निर्माणका सामग्री, मेसिनरी पार्ट्स, फलफूल, मदिरा, विद्युतीय सामग्री भण्डारणका लागि पनि प्रयोगमा आउने गरेका थिए । कार्यालय परिसर साढे ६ बिघा क्षेत्रफलमा फैलिएको छ । मन्त्रिपरिषद्को २०७४ जेठ ४ को निर्णयअनुसार ट्रेडिङअन्तर्गतका करिब ४ सय ५० स्थायी कर्मचारीलाई जेठ ७ देखि स्वेच्छिक अवकाश दिइएको थियो । वीरगन्ज कार्यालयअन्तर्गतका ५० कर्मचारीले पनि त्यतिबेला अवकाश पाएका थिए । मन्त्रिपरिषद्कै २०७६ साउन २८ को निर्णयले ट्रेडिङको सम्पत्तिको दायित्व खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई दिएको छ । ट्रेडिङमा लामो समय काम गरेका प्रकाश थारु भवन र परिसर मर्मतसम्भारका लागि आएको बजेटको सदुपयोग नहुनु दुःखद भएको बताउँछन् । ‘वीरगन्जबाटै झण्डै १ करोड रुपैयाँ गोदाम भाडाबाट मात्रै आम्दानी हुन्छ,’ उनले भने, ‘एक वर्षको भाडा मात्रै पनि मर्मतसम्भारमा खर्च गर्ने हो भने यसका भवन र पूर्वाधारले नयाँ जीवन पाउने थिए ।
    साभाल : कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑