वीरगंज । भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको मूल्य बढाएर पठाएको छ ।
नेपाल आयल निगम (एनओसी)लाई प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैया ४९ पैसा र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ १२ पैसा बढेर आएको छ ।
तर, खाना पकाउने एलपी ग्याँसको मूल्य भने घटेर आएको छ । एलपी ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको छ ।