वीरगंज । नुवाकोटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
तादी गाउँपालिका–५ गोरे बस्ने ५० वर्षीया दुर्गा न्यौपानेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४० वर्षीय शम्भु तामाङ पक्राउ परेका हुन् ।
शम्भुले भदौ ५ गते बिहान धारिलो हतियार हँसिया प्रहार गर्दा दुर्गा गम्भीर घाइते भएकी थिइन् । दुर्गाको उपचार क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार साँझ मृत्यु भएको हो ।