काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा काठमाडौंमा १०५ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ८३, भक्तपुरमा पाँच र ललितपुरमा १७ जना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या दुई हजार ८८ पुगेको छ । आज तीन हजार ४ जना होम आइसोलेसनमा र एकसय ५४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
अस्पतालमा उपचाररतमध्ये ४६ जना आईसीयू र ७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।