• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निर्माण अलपत्र पार्दै, अदालत जाँदै

  • वीरगंज संजाल
  • १६ भाद्र २०७९, बिहीबार १३:१६
  • १९२५

    वीरगंज । ठेक्का सकार गर्ने तर कामै नगरी बस्ने ठेकेदार कम्पनीसँग सडक डिभिजन कार्यालयले सम्झौता रद्द गर्न थालेको छ । सम्झौता रद्द भएपछि ठेकेदार कम्पनी अदालत पुग्ने र काम अलपत्र पर्ने प्रवृत्ति बढेको छ । सम्झौताअनुसार काम नगरेको भन्दै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले ३ वटा ठेक्का रद्द गर्‍यो । त्यसलगत्तै निर्माण व्यवसायीले अदालतमा रिट निवेदन दायर गरे । निर्माण अलपत्र छाडेर ठेकेदार अदालत जान थालेपछि सडक कार्यालयलाई समस्या परेको छ । निर्माण अनुगमन गर्नुपर्ने बेलामा अदालत धाएर प्रतिउत्तर लगाउनुपरेको सडकका कर्मचारीको भनाइ छ । पछिल्लो समय रौतहटको झाझ नदी पुल, गौर–पिपरा–समनपुर सडकको ठेक्का लिएको निलगिरी/नेशनल/क्यानोन जेभी हेटौडाले ८ बर्षमा पनि काम सम्पन्न गर्न नसकेपछि सडक कार्यालयले गत जेठ ९ मा ठेक्का रद्द गरेको थियो । त्यसको दुई दिनपछि ठेकेदारले उच्च अदालत पाटनमा मुद्दा हाले । अहिले सडक र ठेकेदारबीच मुद्दाको सवालजवाफ चलिरहेको छ ।

    जेभीले उक्त सडक र पुलको ५ करोड ५३ लाख रुपैयाँमा ठेक्का सकारेको थियो । २०७१ असार २९ मा सम्झौता गरेको कम्पनीले २०७३ असार २८ मा काम सम्पन्न गर्नुपर्ने थियो । तर, ठेकेदारले ८ वर्षमा २५ प्रतिसत मात्र काम गरेको सडक डिभिजन प्रमुख दरोगाप्रसाद साहले बताए । ‘ठेक्का सकारेर कामै नगर्ने र जति पत्राचार गरेपनि बेवास्ता गर्न थालेपछि ठेक्का रद्द गरेका हौं,’ उनले भने, ‘ठेकेदार समयमा काम नगर्ने अनि कारबाही अघि बढाए अदालत पुग्ने प्रवृत्ति छ । यसले हामीलाई समस्यामा पारेको छ ।’ गौर–४ टिकुलिया घाटमा पप्पु कन्स्ट्रसनले सम्झौताअनुसार काम नगरेपछि सडक कार्यालयले ठेक्का रद्द गरेको छ । त्यसपछि पप्पुले उच्च अदालत पाटन, वीरगन्ज र जनकपुरमा रद्दविरुद्ध मुद्दा दायर गरेको सडक डिभिजन कार्यालयले जनायो ।जनकपुर र पाटन उच्च अदालतले पप्पुको रिट खारेज गरे पनि वीरगन्जमा भने चलिरहेको छ । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट १६ करोड ८६ लाख रुपैयाँमा गौर–औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुलको ठेक्का लागेको थियो । ३ वर्षभित्र निर्माण पूरा गर्ने गरी ०७१ असार २९ मा सम्झौता भएको थियो ।

    ठेकेदारले बिनाकारण बीचमै काम छाडेर गएपछि पुल अलपत्र पर्‍यो । सम्झौता ०७४ असार २५ मा सकिएपनि ४५ प्रतिसत मात्र काम भएको सडक कार्यालयले जनायो । उक्त पुलको ठेक्का रद्द भसकेको छ । सडकले ठेक्का रद्द गरे पनि पप्पुले काम गरिरहेको छ । विश्रामपुर हजरिया चाँदीखोला पुलको ठेक्का लिएको सपना निर्माण सेवा हेटौंडाले ६ वर्षमा पनि सम्पन्न नगरेपछि सडकले ठेक्का रद्द गरेको छ । १० करोड ३४ लाख रुपैयाँमा ठेक्का सकारेको कम्पनीले २०७३ असार २८ गते सम्झौता गरेको थियो । उसले २०७५ कात्तिक ३० मा काम सक्नुपर्ने थियो । तर, अहिलेसम्म ४५ प्रतिशत मात्र भएको छ । ठेक्का रद्द गरेपछि ठेकेदारले उच्च अदालत वीरगन्जमा रिट दायर गरेको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कामै नगर्ने र ताकेता गर्दा सुनवाइ नगरी बस्ने ठेकेदारले अदालतमा रिट दायर गर्न थालेपछि समस्या भएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
  • वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    News

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑