वीरगंज । बीरगन्ज महानगरपालिका वडा नं.२२ जगरनाथपुरमा रहेको सर्वोत्तम स्टील उद्योगको भवन बनाउने क्रममा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
स्टीलको थप भवन निर्माणको कार्य चली रहेको वेला तल्लो तल्लाको जग ढलानको लागि सिमेन्ट र गिट्टी वालुवाको मिश्रण भाईब्रेसन मेसिनले सम्याउने क्रममा एक्कासी मेसिनको तार सर्ट भई ढलानमा काम गरी रहेका दुई जना कामदार करेन्ट लागी घाइते भएको छ । अस्पताल पु¥याउने वितिकै चिकित्सकले एक जना मृत घोषणा गरेका थिए ।
मृत्यु हुनेमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं.१ वस्ने १७ बर्षिय रबिन थारु रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका बर्दिया राजापुर नगरपालिका वडा नं. ६ वस्न सिताराम थारुको बीरगन्जको बायोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको बिषय जाँचबुझ गरी फर्केको प्रहरी टोली रिर्पोटको अधारमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।