• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रतिनिधिसभा निर्वाचन उम्मेदवारका लागि जसपा अध्यक्ष यादवको नाम सिरहा १ र २ बाट सिफारिस

  • वीरगंज संजाल
  • १५ भाद्र २०७९, बुधबार १६:५०
  • २५२१

    वीरगंज । प्रतिनिधिसभा निर्वाचन उम्मेदवारका लागि सिरहा क्षेत्र नम्बर १ र २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गरिएको छ । जसपा क्षेत्रीय समितिको बुधबार बसेको बैठकले पहिलो नम्बरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिसमा परेको क्षेत्रीय कार्यसमिति सचिव एवं जिल्ला सदस्य राकेशकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार २०६३ को मधेस आन्दोलनको उद्‌गमस्थल लहान भएको र त्यही भावनाअनुरुप राष्ट्रिय अध्यक्षको उम्मेदवारी यही क्षेत्रबाट हुनुपर्ने पार्टीका नेता, कार्यकर्ताको माग आएपछि उहाँको नाम सिफारिस गरिएको हो । प्रतिनिधिसभा सदस्यका लागि पार्टी अध्यक्षको नाम आएपछि २०७४ को निर्वाचनमा पराजित राजलाल यादवले अध्यक्षका लागि दाबी छाड्दै प्रदेशसभा सदस्य ‘ख’बाट उम्मेदवारी घोषणा गरेका छन् । प्रदेशसभा सदस्य उम्मेदवारका लागि उनको नाम सिफारिस गरिएको छ । २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका राजलाल यादव १३ हजार ३ सय ५१ मतसहित तेस्रो स्थानमा थिए ।

    कांग्रेसका प्रदीप गिरी २३ हजार ९ सय ५१ मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वीमा एमालेका गंगाप्रसाद यादवले २१ हजार ३ सय ७१ मत प्राप्त गरेका थिए । ‘प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अध्यक्षको नाम आएपछि मैलै प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दाबी छाडे,’ जसपा केन्द्रीय परिषद सदस्यसमेत रहेका राजलाल यादवले भने, ‘उहाँका लागि ठाउँ खाली गर्दै प्रदेशसभा सदस्यको उम्मेदवारी दाबी गरेको हुँ ।’ जनता समाजवादी पार्टीको सिरहा क्षेत्र नम्बर १ क्षेत्रीय समिति बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवसहित राकेशकुमार गुप्ता, मुरारीप्रसाद साह, राजेन्द्रप्रसाद यादव र दिनेश्वरप्रसाद गुप्ताको नाम सिफारिस गरेको छ ।

    त्यसैगरी, सिरहा क्षेत्र नम्बर १ (क) को उम्मेदवारका लागि जितेन्द्रप्रकाश महतो, बैजनाथप्रसाद साह, दिनेश यादव, चन्द्रनारायण कुशवाहा, उपेन्द्र सिंहको नाम सिफारिस गरेको छ । त्यसैगरी सिरहा क्षेत्र नम्बर १ (ख) को उम्मेदवारका लागि केन्द्रीय परिषद् सदस्य राजलाल यादव, केन्द्रीय सदस्य राजकुमार गुप्ता, केन्द्रीय राजनीतिक समिति सदस्य विजय राय दनुवार, रामवल्लभ साह, दिपेन्द्रप्रसाद यादवको नाम सिफारिस गरेको छ । त्यसैगरी, सिरहा क्षेत्र नम्बर २ बाट समेत जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम उम्मेदवारीका लागि सिफारिस भएको छ । जनता समाजवादी पार्टी सिरहाका सहसचिव लालबहादुर साहले कार्यकर्ता पंक्तीबाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादव र शत्रुघनप्रसाद सिंह कोइरीको नाम आएपछि उम्मेवारीका लागि सिफारिस गरिएको जानकारी दिए । क्षेत्रबाट आएका उम्मेदवारको सिफारिस नामावली जिल्लामा प्राप्त भएको उनले जानकारी दिए ।

    अन्य दलपनि उम्मेदवार छान्न व्यस्त

    आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि दलहरु उम्मेदवार छान्नमा सक्रिय भएका छन् । सतारुढ दलका जिल्लास्थित क्षेत्रीय समितिहरु उम्मेदवारको नाम सिफारिसका लागि भेलामा जुटेका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि कांग्रेस सिरहा प्रदेश समितिको भेला, बैठक गरेको छ । अन्य दल समेत वडा तहबाट प्रदेशसभा समिति हुँदै क्षेत्रीय समितिको बैठक, भेलामा व्यस्त छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑