दाङ । दाङमा तीजको नाच भइरहेको ठाउँमा चट्याङ पर्दा दुई महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका- १२, गुरौमा मंगलबार राति तीजको नाच भइरहेको स्थानमा चट्याङ पर्दा दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।
घटनामा १० जना घाइते भएको उनले जानकारी दिए । घटनास्थल विकट पहाडी गाउँमा भएको र फोन सम्पर्क नभएकाले सबै विवरण आउन नसकेको गौतमले बताए । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको डीएसपी गौतमले जानकारी दिए ।