वीरगंज । रामजी यादव । बाबा बी फिल्मस प्रोडक्सन प्रा.लि.द्वारा प्रस्तुति महान सामाजिक तथा पारिवारिक मुभी दोस्ती का फर्ज*को छायांकन शुरु भएको छ। बाबा बी फिल्मस प्रोडक्सन द्वारा निर्देशित शर्ट मुभी *बिटिया रानी को अपार सफलता पछि नया प्रस्तुति शर्ट मुभी फिल्म* दोस्ती का फर्ज* को छायांकन शुरु गरिएको लेखक तथा गितकार कृष्णा हमराहीले बताउनु भयो।
महान सामाजिक तथा पारिवारिक शर्ट मुभी दोस्ती का फर्ज*मा केही काम गर्नको दोस्त संग लिएको कर्जा हाम्रो समाजमा कसरी असुल हुन्छ सो को समाजमा रहेको बिकृति,बिसंगती प्रति आधारित यस मुभीमा कहानी समाबेश गरि निर्माण गरिएको छ। फिल्म दोस्ती का फर्ज शर्ट मुभीमा हाम्रो समाजमा घटदै आएको घटित घटनाको आधारमा त्यार गरिएको कहानी प्रत्येक दर्शकहरुले मन पराउन सक्ने बिश्वास गरिएको छ।
बाबा बी फिल्मस प्रोडक्सन पर्सा द्वारा धमाकेदार प्रस्तुति शर्ट मुभी *दोस्ती का फर्ज*मा अभिनय गरेका कालाकार लेखक तथा गितकार कृष्णा हमराही,कैमरामैन तथा डाईरेक्टर कृष्णा पंडीत,मुन्ना मुस्कान ,मुखलाल प्रसाद, सुरेन्द्र यादव,रामजी यादव,गणेश यादव,परशुराम कुशवाहा,प्रिया मुखिया,बिरबल पासवान लगायत बिभिन्न बारा र पर्साका स्थानीय कालाकार रहेका छन।बाबा बी फिल्मस प्रोडक्सन प्रा.लि.बीरगंज पर्सा द्वारा धमेकेदार प्रस्तुति शर्ट मुभी *दोस्ती का फर्ज छिटो रिलीज हुने भएको बताईएको छ।