वीरगंज । रामजी यादव । बीरगंज महानगरपालिकाको मुटु घन्टाघरबाट निस्केर बीरगंज प्रबेश द्वार भएर पैदल यात्रा शुरु गरेका बिरगंज छपकैयाका साहसी युवा शेख मुन्ना २२ दिनमै भारतको दिल्ली गेट सम्म पुगी किर्तीमान कायम गरेका छन। नेपाल र नेपालीलाई बिश्व भरि चिनाउन, विश्व शान्ति , नेपाल र भारत बिच को ऐतिहासिक, संस्कृति,धार्मिक, र रोटि बेटिको सम्बन्ध ,कायम राख्न आपसि एकता भाईचारा तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्य बोकेका शेख मुन्ना आज नेपाल र भारत मात्र होईन बिश्वभरि कीर्तिमान रच्दै दिल्ली पुगेका छन ।
दिल्ली पुगेका बीरगंजका शेख मुन्ना भारत स्तिथ विभिन्न सन्स्थाहरु एवं नेपालीहरुले भब्य स्वागत गरेका छन । यहि श्रावण २१ गते शनिबारका दिन बिहान बिरगंज -२ छपकैयाका साहसी युवा शेख मुन्नाले बिरगंजको घण्टाघरबाट दिल्लीको सासंद भवन सम्म पैदल यात्रा गर्ने क्रममा विभिन्न बाधा अवरोध अडचनलाई पार गर्दै आज शनिवार २२ औ दिन भारतको न्या दिल्ली गेट पुगेका छन । उहाले अहिले सम्म करिब ११०० किलोमीटरको यात्रा तय गरि सकेर अब भारतको सासंदमा भोलि पुग्ने र त्यहाँ भारतका वरिष्ठ अधिकारिहरुसंग भेटघाट गरि नेपाल र भारत बिचको एतिहासिक ,सास्कृतिक ,ब्यवहारिक,र रोटि बेटिको सम्बन्ध लगायत अन्य भारत र नेपाल बिचको विभिन्न बाधा अर्चन र समस्याको बिषयलाई लिएर भारतको सांसद भवनमा छलफल गरिने जानकारी दिनु भयो।
शेख मुन्नाले आफू र आफ्नो लक्ष्य अनुसार २ दिन पहिले नै पुगे पछि अत्यन्तै खुशी लागेको र यो सबै नेपालवासीको दुवा र आर्शिबादले नै सम्भव भएको बताउनु भयो। आफू सासंद भवन पुगेर १०६० किलोमिटरको यात्रा सबैभन्दा कम समय २२ दिनमा पूरा गरी बिश्व कीर्तिमान एक नेपाली हुनेमा गर्ब हुने गरेको उहाँको भनाइ रहेको छ।