• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दोश्रो दिन पनि अवैध संरचना हटाउन ‘एक्सन’ मा मेयर शाह

  • वीरगंज संजाल
  • १० भाद्र २०७९, शुक्रबार ११:२४
  • २६४९

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसहितको टोली बिहीबार बिहान अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउन शंखमूल पुग्यो । पार्किङका लागि भनेर छुट्याइएको बेसमेन्टमा सञ्चालित बर्गर हाउसलगायत अन्य भवनका पसल हटाउन निर्देशन दिएर शाह टोलीसहित बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स पुग्यो । कम्प्लेक्सका अध्यक्ष द्विराज शर्मा सिवाकोटीले मेयर शाहलाई नक्सा लिएर आउन चुनौती दिए । त्यसपछि एक्कासि आवेशमा आएका शाहले शर्मालाई हप्काउँदै ३५ दिने सूचना निकालेरै अनधिकृत संरचना हटाउन थालेको प्रस्ट्याए ।

    त्यहाँबाट फर्किएका शाह महानगर कार्यालय पुगे र केही घण्टापछि नक्सासहित अल्फाबिटा नै फर्किए । उनी पुग्दा शर्मा भने उपस्थित थिएनन् । नक्सा देखाउँदै शाहले सो अनुसारको संरचना भए/नभएको अनुगमन गरे । पार्किङका लागि छुट्याइएको बेसमेन्टमा अनधिकृत संरचना बनाएर फार्मेसी र डायग्नोस्टिक सेन्टर सञ्चालन भइरहेको पुष्टि भएपछि शाह एक्सनमा उत्रिए । अनधिकृत संरचना हटाउन निर्देशन दिएपछि फार्मेसीमा भएका औषधि निकाल्न लगाएर महानगरले डोजर चलाउन सुरु गर्‍यो । त्यतिन्जेलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो भने भीड पनि बढिसकेको थियो । अवैध संरचना भत्काउन थालेपछि भीडले ताली बजाउँदै शाहको कामको प्रशंसा गर्‍यो । शाहले फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?’ आफैं बुझेर अवैध रूपमा बनाइएका संरचना हटाउन आग्रह गर्दै उनले नक्सा जसरी पास भएको छ, सोहीअनुसार बनाउन आग्रह गरेका छन् ।

    अनधिकृत संरचना भत्काउनुअघि ३५ दिने सूचना जारी गरे पनि सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहका लागि कोही पनि घरधनी सम्पर्कमा नआएको मेयर शाहले गुनासो गर्दै आएका छन् । नक्सापासबिनाका त्यस्ता संरचनामा बस्ने भाडावाल व्यवसायीमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै उनले घर मालिकबाटै क्षतिपूर्ति भराउन पनि महानगरले हदैसम्मको पहल गर्ने उनको भनाइ छ । गत सोमबारदेखि नै महानगरले अवैध संरचना र अन्डरग्राउन्ड पार्किङ खुलाउन थालेको हो । यो अभियान ५ वर्षसम्म चल्ने मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले कान्तिपुरलाई बताए ।

    सर्वसाधारणको साथ

    साउन पहिलो साता बन्चरेडाँडा ल्यान्डफिल साइट जाने नुवाकोट–सिसडोल सडकखण्डको बाटो भत्किएपछि उपत्यकाको फोहोर ढुवानी ठप्प भयो । कुहिने र नकुहिने फोहोर छुट्याउने अभियान चलिरहेकै बेला वर्षाका कारण बाटो बिग्रिएपछि फोहोर सडकमै थुप्रियो, मेयर शाहविरुद्ध सामाजिक सञ्जालमा आलोचना सुरु भयो । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि ‘काठमाडौंको फोहोर सफा गर्न नसक्नेले के ठूलो कुरा गर्नू’ भन्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गरे । काठमाडौं र धरानका मेयरबीच सामाजिक सञ्जालमा जुहारी नै चल्यो । श्रमदान गरेर धरानका सर्वसाधारणलाई पानी खुवाउने प्रयास गरिरहेको, वृक्षरोपण गरेर श्रम संस्कृतिको सन्देश दिएको भन्दै साम्पाङले वाहवाही कमाइरहेका बेला यता मेयर शाहविरुद्ध फोहोर उठाउन नसकेको भन्दै आलोचना चुलिइसकेको थियो । यहीबीच सोमबार महानगरका कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीसहतिको टोली लिएर शाह बानेश्वर पुगे । नियमविपरीत बनाएका संरचना भटाभट भत्काउन थाले । बानेश्वरको खानेपानी ट्यांकीदेखि मुख्य चोकसम्मका व्यावसायिक प्रयोजनका भवनका बेसमेन्टमा अनधिकृत सञ्चालन भएका पसल तथा होटलहरू एकाएक हटाउन थालिए । साउन २ गते महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना निकाल्दै एउटा प्रयोजनका लागि बनाइएको व्यावसायिक भवनको बेसमेन्ट अन्य प्रयोजनका लागि प्रयोग नगर्न भनेको थियो । बेसमेन्टमा पार्किङ र गोदाम राख्ने भनेर नक्सापास भएका भवनमा घरधनीले पसल तथा होटल सञ्चालन गर्न दिएपछि महानगरले अभियानै रूपमा त्यस्ता संरचना हटाउन थालेको हो । मेयर शाहले स्थानीयको साथ र सहयोगमा बेसमेन्टमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सम्भव भएको भन्दै धन्यवाद ज्ञापन पनि गरे । उनले भनेका छन्, ‘जे सम्पदा, संरचना र विषय जुन प्रयोजनका लागि हो, त्यसका लागि मात्रै उपयोग हुनुपर्छ भन्ने कुरामा महानगर दृढ छ ।’ उनले स्थानीयसँग हातेमालो गर्दै अगाडि बढ्न चाहेको पनि बताएका छन् ।

    मेयर शाहले मंगलबार नगर क्षेत्रभित्रका व्यावसायिक प्रयोजनमा प्रयोग भइरहेको भवनको बेसमेन्ट निगरानी तथा अनुगमन गर्न नगर प्रहरी र कर्मचारीलाई निर्देशन दिएका थिए । केही अभिलेख तथा तथ्यांक संकलन पनि गरिए । त्यही दिन उनले विज्ञप्ति निकाल्दै महानगरका कर्मचारी र शिक्षकहरूलाई दलीय आबद्धता त्याग्न आग्रह गर्दै कानुन/नियम स्मरण गराए । उनको यो कदमलाई धेरैले स्वागत गरेका छन् । बुधबार उनी डोजर लिएर न्युरोड पुगे । काठमाडौं प्लाजा, आरबी कम्प्लेक्सनमा अनधिकृत रूपमा बनाइएका संरचना भत्काए । न्युरोडमै नबिल बैंकले पार्किङका लागि बनाइएको बेसमेन्टमा राखिएको शाखा कार्यालय र दरबारमार्गस्थित वान दरबार मलमा सञ्चालित ‘पब’ हटाउन महानगरले निर्देशन दिएको छ । बुधबारै अपराह्न महानगरको टोलीले कोटेश्वर चोक क्षेत्रमा फुटपाथ मिचेर व्यवसाय गर्नेहरूलाई हटाएको थियो । पार्किङ गर्नका लागि बनाइएका बेसमेन्टमा पसल तथा रेस्टुरेन्ट सञ्चालन गर्दा त्यसले ट्राफिक व्यवस्थापनमा समेत ठूलो चुनौती हुँदै आएको छ । सबै भवनको पार्किङलाई प्रयोगमा ल्याउँदा धेरै हदसम्म फुटपाथको अव्यवस्थित पार्किङ र जाम हट्न सक्ने महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । महानगरको अभियानमा कार्यालयकी प्रमुख डीआईजी मीरा चौधरी आफैं फिल्डमा पुगेर साथ दिइरहेकी छन् ।

    नक्सामा उल्लेख भएबमोजिम सबै बेसमेन्टमा पार्किङ गर्दा फुटपाथको समस्या धेरै हदसम्म हट्ने महानगर सहरी तथा भवन विभागका प्रमुख सुरज शाक्य बताउँछन् । तर, अवैधानिक रूपमा प्रयोग भइरहेको बेसमेन्टको यकिन तथ्यांक महानगरसँग छैन । अहिले अनुगमन गरेर त्यस्ता संरचना हटाइरहेको विभाग प्रमुख शाक्यले बताए । ‘घर भाडामा पनि दिने तर भाडामा बस्नेलाई पार्किङ गर्ने ठाउँ नदिने भन्ने हुन्न,’ शाक्यले भने, ‘घरभेटीले भाडामा बस्नेलाई पार्किङ गर्ने क्षेत्र, फोहोर फाल्ने ठाउँ सबैको व्यवस्थापन गर्नुपर्छ । चोकचोकमा फाल्न लगाउने होइन ।’यसैबीच, शैलुङ कन्स्ट्रक्सनलाई सरकारले कालोसूचीमा राखेपछि सडक विभागले फास्ट ट्र्याकमा मुड्खु–तीनपिप्ले करिब ६ किलोमिटर सडकका लागि नयाँ टेन्डर खोल्न लागेको छ । उक्त सडकको ठेक्का पाएको शैलुङले काम नगरेपछि सरकारले ३ वर्षसम्म कालोसूचीमा राखेको हो । सडक निर्माण भएपछि वर्षायाममा पनि काठमाडौंको फोहोर उठाएर ल्यान्डफिल साइट लैजान सकिने महानगरले जनाएको छ । फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइट लैजान यही सडक प्रयोग हुने गरेको छ ।

    साभाल : कान्तिपूर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑