वीरगंज । बलिङमा उत्कृष्ट प्रदर्शन गरेको इंग्ल्यान्डका ओपनर ज्याक क्राउले र जोनी बेयरिस्टोले चौथो विकेटका लागि ६८ रनको अविजित साझेदारी गरेपछि दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा बलियो सुरुआत गरेको छ ।
म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १५१ रन जोड्दा सबै विकेट गुमाएको थियो । क्राउले र बेयरिस्टोले चौथो विकेटका लागि ६८ रनको अविजित साझेदारी गरेपछि इंग्ल्यान्ड पहिलो दिन सकिँदा १११/३ को स्थितिमा छ । घरेलु टोली इंग्ल्यान्ड अझै ४० रनले पछाडि छ । बेयरिस्टो ३८ र क्राउले १७ रन बनाएर क्रिजमा छन् । ओलप् पोपले २३ रन बनाए भने एलेक्स लीस चार रनमा आउट भए । जो रुट नौ रन बनाएर पवेलियन फर्किए । दक्षिण अफ्रिकाका कागिसो राबडा, एनरिच नोर्टजे र लुनगी एनगिडीले एक/एक विकेट लिए ।
त्यसअघि, पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि राबडाले सबैभन्दा धेरै ३६ रन बनाए । कीगन पिटर्सन र काइल भेरेनेले समान २१ रनको योगदान गरे । रसी भान डेर डुसानले १६, एइडेन मारक्रमले १४, डीन इल्गरले १२ रन जोडे । अरू खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । इंग्ल्यान्डका जेम्स एन्डरसन र स्टुवार्ट ब्रोडले समान तीन विकेट लिए । बेन स्टोक्सले दुई विकेट लिँदा ओली पोप र ज्याक लेचले एक/एक विकेट लिए ।लड्समा सम्पन्न पहिलो टेस्टमा दक्षिण अफ्रिका एक इनिङ्स र १२ रनले विजयी भएको थियो ।