• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेयर बालेन्द्र शाहको टोली आज पनि अवैध संरचना भत्काउने तयारीमा

  • वीरगंज संजाल
  • १० भाद्र २०७९, शुक्रबार १०:५२
  • ३००१

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को टोली आज पनि अवैध संरचना भत्काउने तयारीमा छ । बिहीबार नै योजना बनाएर बसेको मेयरको सचिवालयका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए । यसअघि अवैध संरचना हटाउन निर्देशन दिएका ठाउँमा आज डोजरसहित बालेन जानसक्ने सम्भावना रहेको महानगरका एक अधिकारीले बताए । यसअघि मेयर बालेनले शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको ट्रस्ट र नबिल बैंकको न्यूरोड शाखको अवैध संरचना आफैं हटाउन निर्देशन दिएका थिए । कोटेश्वरको ट्रष्ट कार्यालयको अवैध संरचना महानगरले बिहीबार नै हटाउन भनेको थियो । तर, बानेश्वरको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना हटाउन थालेपछि कोटेश्वर पुग्न सकेको थिएन ।

    यद्यपि, स्वकीय सचिव शाहले कहाँ जाने भन्नेबारे ९ बजे मात्रै यकिन हुने बताए । “कहाँ जाने भन्नेबारे हाम्रो प्लान बनिसकेको छ । ९ बजे मात्रै सार्वजनिक गर्छौं,” उनले भने । पछिल्लो समय मेयर बालेनको एक्सनप्रति आम नागरिकले प्रशंसा गरिरहेका छन् भने व्यापारीहरु असन्तुष्ट छन् । बुधबार बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएको संरचनामा मेयर बालेनले डोजर चलाएका थिए । बिहान अनुगमनमा जाँदा मेयर बालेन र अल्फाबिटाका सञ्चालक द्धिराज शर्माबीच चर्काचर्की भएको थियो । सञ्चालक शर्माले आफूसँग नक्सा पासको प्रतिलिपि नभएको जवाफ फर्काएपछि बालेनले अफिस आएर नक्सापासको प्रतिलिपि र डोजरसहित अल्फाबिटा पुगेका थिए । बालेनले भदौ ६ गते बानेश्वरस्थित एक कम्प्लेक्समा डोजर चलाएर अण्डरग्राउण्ड खालि गराएका थिए । त्यसपछि काठमाडौं महलले बनाएको अवैध संरचना, रञ्जना गल्लीभित्रका संरचनामा डोजर चलाएको थियो ।

    मेयर बालेनको कदमलाई लिएर नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र नेकपा एमाले युवासंघले आपत्ति जनाएको छ । बालेनले नियोजित तरिकाले व्यापारीमाथि आक्रमण गरेको भन्दै संघले महानगरलाई सबै क्षतिपूर्ति भराउने दाबी गरेको छ । कोरोना महामारीले घाटामा रहेका व्यापारीलाई दशैंको मुखमा यस्तो हबिगत बनाउनु गलत रहेको संघले जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयकी प्रमुख डीआईजी मिरा चौधरी, मेयर बालेन नेतृत्वसहित नगरप्रहरीको टोली अवैध संरचना हटाउन लागि परेको छ । डीआईजी चौधरी उपत्यका ट्राफिक प्रमुखमा नियुक्त भएपछि बालेनले भेटवार्ता गरेका थिए । सो वार्ताले अन्डरग्राउण्ड पार्किङमा भएको अवैध व्यापारलाई हटाए उपत्यकाको सवारी जाम कम हुने निष्कर्ष निकालेको थियो । नक्सापासविपरित अन्डरग्राउण्ड पार्किङ क्षेत्रमा अवैध व्यापार गर्ने व्यापारीको विवरण ३२ सै वडाका वडाध्यक्षहरूलाई संकलन गर्न लगाइएको छ । महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले अवैध संरचना भत्काउने कामको दायरा बढाउँदै लैजाने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑