वीरगंज । नेपालका सुरक्षाकर्मी र भारतिय सुरक्षाकर्मीहरुले सयुक्तरुपमा सिमा क्षेत्रको अनुगम गरेको छ ।
आसन्न संघिय चुनाव र प्रदेश सभाको चुनावलाई लक्षित गरी सुरक्षा योजना अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतको विशेष पहलमा नेपाल र भारतका सुरक्षा निकायहरुबाट संयुक्त रुपमा नेपाल भारत सिमानामा रहेका पिलर, सिमा अनुगमन र सिमामा रहेका समस्याहरुलाई एक अर्काको सहकार्य र समन्वयमा काम गर्ने उदेश्य सहित जँगे पिलर न. ३९०/१ देखि पिलर न. ३९०/२२ हुदै ३९०/३३ सम्मका सिमानाका पिलरहरुको संयुक्त निरीक्षण तथा सयुक्त गस्ती सम्पन्न गरिएको छ ।
उक्त सयुक्त गस्तीमा नेपाल प्रहरीबाट वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल सहित १० जना, सशस्त्र प्रहरी बल नेपालका सहायक प्रहरी निरिक्षक रबिन्द्र भट्ट सहित १० जना र भारतीय पक्षबाट एसएसबीका सिमा निरीक्षक सुशिल कुमारको नेतृत्वमा १० जनाको गरी ३० जनाको संयुक्त टोली सहभागी भएको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ ।