वीरगंज । संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) सहित काभ्रेबाट तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ बस्ने ४९ वर्षीय गोबिन्द सिन्चुरी, काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ बस्ने २५ वर्षीय बिमान स्याङ्तान र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–४ बस्ने २६ वर्षीय सुरज झेडीमगर रहेका छन् ।
केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकसमेतको सहयोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–६ अठ्ठाइस किलोबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ९ किलोग्राम तौल भएको खपेटा बरामद भएको छ ।