• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘विपद् व्यवस्थापनमा साझा धारणा बनाएर काम गर्नुपर्छ’

  • वीरगंज संजाल
  • ९ भाद्र २०७९, बिहीबार १४:४१
  • १३५७

    विराटनगर । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले विपद् व्यवस्थापनमा सबैले साझा धारणा र भावना बनाएर काम गर्नुपर्ने बताए । प्रदेश नं १ न्याय प्रशासन तथा विधायन समितिद्वारा आज आयोजित ‘प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश संसद्को भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले प्राकृतिक विपद्लाई बर्सेनि सामना गर्न यसको व्यवस्थापनमा विशेष जोड दिनुपर्नेमा जोड दिए ।

    विपद् व्यवस्थापनमा इमान्दारिताको खाँचो रहेको औँल्याउँदै सभामुख भण्डारीले भने, ‘सामाजिक काममा ऐक्यबद्धरूपमा लाग्न सकेमा मात्र परिणाम सही आउँछ ।’ आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकारले आवश्यक रणनीति र नीति बनाइरहेको बताए । उनले विपद्मा सरकार उद्धार एवं राहतको कार्यसँगै बजेट विनियोजन गरेको जानकारी दिए । विपद् विकासको बाधक भएकाले यसको व्यवस्थापन नगरी प्रतिफल हासिल नहुने भन्दै मन्त्री कार्कीले विपद्ले सबभन्दा बढी गरिबलाई समस्यामा पार्ने गरेको छ भने । स्वास्थ्यमन्त्री जयराम यादवले विपद्मा खेल्नुपर्ने भूमिकाको अभावमा विपद्का घटनामा वृद्धि भइरहेको बताए । उनले विपद् व्यवस्थापनमा सरकारले पूर्णरूपमा तयार रहनुपर्ने भन्दै प्रदेशको सबै जिल्ला अस्पतालको स्तरोन्नति गरी विपद् व्यवस्थापन सहयोग पुर्‍याउने धारणा राखे ।

    समितिका सदस्य राजकुमार ओझाले प्राकृतिक विपद्ले मात्र होइन, जङ्गली जनावर, मानवका कारण पनि विपद् हुने गरेको भन्दै सरकारलाई विपद् व्यवस्थापनमा आवश्यक काम गर्न समितिले निर्देशन दिने बताए । सार्वजनिक लेखा समितिका सभापति शिवनारायण गनगाईँले प्रदेशमा विपद् व्यवस्थापनका लागि सरकारले राम्रो तयारी गर्नुपर्ने विचार राखे । प्रदेशसभा सदस्य हीमादेवी बस्नेतले विपद्मा उद्धार र राहतले मात्र नपुग्ने भन्दै विपद् व्यवस्थापनका लागि सरकारले आवश्यक संरचना निर्माण गर्नुपर्ने भने । उनले गत वर्ष धनकुटामा असिनाले एक हजार आठ सय परिवारको तरकारी बाली सखाप भएको र यसमा सरकारले कुनै पनि राहत नदिएकामा गुनासो गरेका थिए । समितिका सभापति इन्द्रमणि पराजुलीको सभापतित्वमा भएको सो कार्यक्रममा आन्तरिक मामिला तथा कानुन सचिव कालीप्रसाद पराजुली र विज्ञ रामचन्द्र न्यौपानेले विपद्का विषयमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज राष्ट्रीय धान दिवस
  • आज आइतबारको राशिफल
  • पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    News

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑