वीरगंज । बलिउड अभिनेत्री बिपाशा बसु र करण सिंह ग्रोवरले हालै आफ्नो गर्भावस्थाको घोषणा गरेका छन् । यो जोडीले सामाजिक सञ्जालमा तस्विर शेयर गरेर आफ्ना फ्यानहरुलाई यो खुसीको खबर दिएका हुन् । बिपाशा र करण विवाहको ६ वर्षपछि अभिभावक बन्न लागेका हुन् । गर्भावस्थाको खबर शेयर गर्दै बिपाशाले आफ्नो बच्चा छिट्टै यो संसारमा आउन लागेको बताइन् ।
मातृत्व फोटोसुटको तस्बिर सेयर गर्दै जोडीले क्याप्सन लेखेका छन्, “नयाँ समय, नयाँ चरण, नयाँ प्रकाशले हाम्रो जीवनको प्रिज्ममा एउटा अनौठो छाया थप्न लागेको छ। यो जिन्दगी सुरु भयो। हामी एक्लै सुरु गर्यौं र त्यसपछि भेटियो, त्यसपछि हामी दुई मात्र थियौं। दुई जनालाई यति धेरै माया, अलिकति माया नगरेको महसुस भयो। त्यसोभए, पहिले जुन दुई थियौं,अब छिट्टै तीन हुनेछ।“
बिपाशाले पति करणसँगको मातृत्व फोटोसुटका तस्विरहरू सेयर गरेकी छिन् । तस्बिरमा बिपाशा सेतो शर्टमा बेबी बम्पमा देखिएकी छिन् । अर्कोतर्फ, बिपाशासँग सेतो शर्टमा करणले बेबी बम्पलाई चुम्बन गरिरहेको देखिन्छ। बिपाशा र करणको विवाह ३० अप्रिल २०१६ मा भएको थियो ।