वीरगंज | हिम पर्वत हाईड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा भदौ २२ गते हुने भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय भएको हो ।
उक्त साधारण सभाले ४२ करोड रुपियाँ बराबरको ४२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशनको प्रस्ताव पारित गर्ने भएको हो ।
सभा सभाले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि १४ लाख कित्ता र सर्वसाधारणको लागि २८ लाख कित्ता गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले यसअघि नै आईपीओ निष्काशन गर्नका लागि सीबीआईएल क्यापिटल लिमिटेडलाई का लागि कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
कम्पनीले दोलखा जिल्लामा २० मेवाको साँगु खोला जलविद्युत आयोजना र ५.५० मेवा साँगु खोला–१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेवाको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।