विराटनगर । मोरङ विराटनगर महानगरपालिका वडा नं–३ मा तास खेलिरहेका आठ जना पक्राउ परेका छन् । प्रहरीले प्राप्त गरेको विशेष सूचनाको आधारमा छापा मारी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट ५१ हजार २९८ रुपैयाँ, दुई हजार १०० भारतीय रुपैयाँ र तीन बुङ तास नियन्त्रणमा लिइएको जनाइएको छ । उनीहरूविरुद्ध जुवा कसुरमा दिन पाँच दिन म्याद थप भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने व्यक्तिहरूमा विराटनगर–३ बस्ने ३९ वर्षीय को नारायण राई, वर्ष ४६ को अमित कार्की, विराटनगर –४ बस्ने ३८ वर्षीय भुवन के.सी, विराटनगर–४ बस्ने वर्ष ४० को दैलेशकुमार कार्की, मोरङ बुढिगंगा गाउँपालिका–१ बस्ने ४८ वर्षीय भुपेन्द्र राई, बुढिगंगा गाउँपालिका–२ बस्ने वर्ष ६४ को पूर्ण पाण्डे, ४५ वर्षीय तिर्थ के.सी. र ४९ वर्षीय कृष्णबहादुर मगर छन् ।