• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ११ वर्षसम्म पूरा भएन पुल

  • वीरगंज संजाल
  • ८ भाद्र २०७९, बुधबार १३:३८
  • २३२५

    वीरगंज । पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिका सिमाना छुट्याएर बग्ने तमोर नदीको लुमु घाटमा ११ वर्षअघि सुरु भएको पुल अझै सम्पन्न भएको छैन । ती दुई जिल्लालाई सडक सञ्जालले जोड्ने उक्त पुल बनाउन स्वच्छन्द निर्माण सेवा नामक ठेकेदार कम्पनीले २०६८ असार २६ मा सडक विभाग मातहतको पुल सेक्टरसँग १७ करोड निर्माण लागतमा सम्झौता गरेको थियो । १ सय ५७ मिटर लम्बाइ र ३ मिटर चौडाइको उक्त पुलको काम तीन वर्षभित्रै सक्ने भनिए पनि अहिलेसम्म आधा कामसमेत सकिएको छैन ।

    आठ पिलर रहने पुलमा हालसम्म चार पिलर उठाएर ढलान गरिए पनि चार पिलरको काम बाँकी छ । निर्माण व्यवसायी र तिनका कर्मचारीलाई पटकपटक तागेता गर्दा पनि काम अगाडि नबढेको कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती बताउँछन् । उक्त पुल नबन्दा पाँचथर सदरमुकाम फिदिमदेखि यासोक हुँदै तेह्रथुम सदरमुकाम म्याङलुङ जोड्ने ४५ किलोमिटर सडकमा सवारी र ढुवानी साधन ओहोरदोहोर भइरहेको छैन । फिदिमदेखि लुमुघाट जोड्ने ४५ किलोमिटर र म्याङलुङदेखि लुमुघाट पुलसम्म १९ किलोमिटर सडक भने पाँच वर्ष अगाडि नै निर्माण सम्पन्न भएको थियो । उक्त सडकमा गाडी गुड्छ तर पुल नहुँदा ती साधन वारपार भने गर्न सक्दैन । मोटर साइकल र पदयात्री भने नजिकैको झोलुंगे पुलबाट आइजाइ गर्छन् । सम्झौता–पत्रमा ठेकेदार कम्पनीले २०७२ असार २५ भित्र पुल हस्तान्तरण गर्नुपर्ने उल्लेख थियो ।

    ठेकेदार कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रबन्ध निर्देशक जयराम लामिछाने २०७२ को भूकम्प, त्यसपछिको नाकाबन्दी, लकडाउन लगायतका कारणले काममा ढिलाइ भएको दाबी गर्छन् । यस्तै कारण देखाएर निवेदन पेस गरेकै आधारमा सरकारले निर्माण कम्पनीलाई सात पटक म्याद थपिसकेको छ । सडक विभागको पुल सेक्टरले भने निर्माण व्यवसायीले हरेक वर्ष वर्षा सुरु हुने बेलामा फिल्डमा आएर काम गरेझै गर्ने त्यसपछि भाग्ने गरेको जनाएको छ । निरन्तर आग्रह गर्दा पनि व्यवसायीले अटेरी गरेको पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ बताउँछन् । उनी भन्छन्, ‘सांसद र मन्त्रीका हैसियतमा पटकपटक भने पनि टेरेनन्, ठूला ठेकेदारको मुख्य दलका प्रभावशाली नेता र सरकार/सत्ताका मुखियासम्मै पहुँच हुने भएकाले सडक विभाग एवं अन्य सरकारी निकायलाई टेर्दैनन् ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑