वीरगंज । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बारा जिल्ला निवासी डाक्टर द्वारिका उप्रेती नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यसअघि बोर्डको कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ थिए । उनको कार्यकाल सकिएपछि उप्रेतीलाई नियुक्त गरिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको थियो । मन्त्रालयले उप्रेतीसँगै निर्मलकुमार उप्रेती र युवराज बस्नेत सिफारिस गरेको थियो । कार्यकारी निर्देशकका लागि आवेदन दिएकामध्ये ६ जनाको दरखास्त स्वीकृत भएको थियो । आवेदन दिएकामध्ये तोकिएको योग्यता पुगेका उम्मेदवार छनोटमा परेका थिए ।