वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कृषि सामाग्री कम्पनि लिमिटेडका कायम मुकायम सन्चालक राजेन्द्र बहादुर कार्कीलाइ भेटेर वीरगन्जका किसानका लागि आवश्यक रासायनिक मल सहज रुपमा उपलब्ध गराइ दिन आग्रह गरेका छन् ।
मङगलबार काठमाण्डौमा कार्कीलाइ कार्यकक्षमै भेटेर मेयर सिंहले वीरगन्जका किसानलाइ आवश्यक परिमाणमा रासायनिक मल सहज रुपमा उपलब्ध हुने प्रबन्ध मिलाइन दिन आग्रह गरेका हुन् । त्यस अवसरमा मेयर सिंहले विदेशबाट आयात गरिएको मल भित्रिने मुख्य नाका वीरगन्ज नै भएपनि यहिकै किसानले मल नपाएर छट्पटिनु पर्ने अवस्था रहेको भन्दै कार्कीको ध्यानाकर्षण गगराए । उनले भने ,‘ देशलाइ चाहिने मल वीरगन्ज नाकाबाटै भित्रिन्छ तर वीरगन्जकै किसानले चाहिए जति मल पाउदैनन् , लम बोकेर जाने गाडीको धुवाँ धुलो वीरगन्जवासीले खान्छन् तर मल भने पाउदैनन्, यस तर्फ कम्पनिको ध्यान पुगोस् ।
अहिले कम्पनिले वीरगन्जका किसानका लागि छुट्याएको मलको कोटा अति नै अपुग रहेको भन्दै मेयर सिंहले त्यसका अतिरिक्त थप कोटा वीरगन्जका किसानका लागि छुट्याइन दिन कार्कीसंग आग्रह गरे ।जवाफमा कार्कीले मेयर सिंहको कुरा जायज भएको भन्दै यस बारे आफुले सक्दो पहल गर्ने आश्वासन पनि दिएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए । कार्कीले मल भित्रिने मुख्य नाका वीरगन्जका किसानको सहुलिलयतका लागि मलको कोटा थप्ने विषयमा आफु गम्भिर रहेको बताए ।