• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरमा ३०० शय्याको अत्याधुनिक अस्पताल बनाउने तयारी

  • वीरगंज संजाल
  • ६ भाद्र २०७९, सोमबार ११:१३
  • २१७७

    जनकपुर । व्यावसायिक घराना बतास अर्गनाइजेसनले जनकपुरमा ३०० शय्याको अत्याधुनिक अस्पताल बनाउने तयारी गरेको छ । बतासअन्तर्गतको बापो होल्डिङ्सद्वारा सञ्चालित मणिपाल मेडिकल एजुकेसन एन्ड मेडिकल ग्रुपले जनकपुरमा ३०० शय्याको अस्पताल बनाउने तयारी गरिएको हो । त्यसबाहेक महोत्तरीको जलेश्वरमा इन्जिनियरिङ कलेजसँगै अन्तर्राष्ट्रियस्तरको प्राविधिक कलेज सञ्चालनको तयारी गरिएको छ । मणिपालले २४ वर्षअघि नै ३५ बिघा जग्गा खरिद गरेर इन्जिनियरिङ कलेज सञ्चालन गर्ने भनिएको थियो । त्यति बेला मणिपालमा भारतीय व्यवस्थापन थियो । तर, तत्कालीन द्वन्द्वका कारण कलेज सञ्चालन गर्न नसकेको बताइन्छ । २७ करोड रुपैयाँ खर्च भइसकेको थियो । भग्नावशेष बनेका भौतिक संरचना कोभिड–१९ महामारीको समयमा मधेस स्वास्थ्य प्रतिष्ठानले कोरोना अस्पतालका रूपमा प्रयोग गर्‍यो ।

    अहिले मणिपालको व्यवस्थापन बापो होल्डिङ्सको अधीनमा छ । सोहीअन्तर्गतको मणिपाल मेडिकल एन्ड एजुकेसन ग्रुपले गएको असार १९ गते सामाजिक विकास मन्त्रालयलाई पत्र लेखेर प्रतिष्ठानले सञ्चालन गरिरहेको अस्पताल खाली गरिदिन भन्यो । मणिपाल शिक्षण अस्पतालले स्थायी अस्पताल सञ्चालन गर्ने तयारीका लागि जनकपुर, मुजेलियास्थित उक्त अस्पतालको भवन खाली गरिदिन पत्राचार गरिएको थियो । तर, हालसम्म प्रतिष्ठानबाट भवन खाली गरिएको छैन । स्रोतका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बोधार्थ गराउँदै असार २३ मा नै पत्राचार गरिए पनि महिना दिन बितिसक्दा समेत अस्थायी अस्पताल खाली नगरिएको हो । त्यही कारण अस्पताल सञ्चालनमा ढिलाइ भएको मणिपालले प्रशासनले जनाएको छ । बतासले सञ्चालन गरिरहेको मणिपाल मेडिकल एजुकेसन एन्ड मेडिकल ग्रुपले मधेस प्रदेशको शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गर्न लागेको ग्रुपका अध्यक्ष आनन्दराज बतासले बताए ।

    उक्त गु्रपले जलेश्वरमा इन्जिनियरिङ कलेजसँगै अन्तर्राष्ट्रियस्तरको प्राविधिक कलेज सञ्चालनमा ल्याउनुका साथै जनकपुरमा अस्पताल स्थापना गर्न लागेको हो । जलेश्वरमा मणिपालको तत्कालीन सञ्चालक समूहले अढाई दशकअघि खरिद गरेको करिब पाँच बिघा जग्गामा इन्जिनियरिङ कलेजसँगै अन्तर्राष्ट्रियस्तरको प्राविधिक कलेज सञ्चालनमा ल्याउनका लागि प्रक्रिया अघि बढाइएको बतासले बताए । ग्रुपले प्रदेश सरकारमार्फत प्रतिष्ठानलाई उक्त भवन खाली गर्न आग्रह गरिएसँगै अस्पताल भवननजिकै रहेको गुठी संस्थानको जग्गा भाडामा सञ्चालन गर्ने गरी करार सम्झौता गरिसकेको छ । मणिपालका प्रमुख कार्यकारी अधिकृत अनिल ओभिनले जलेश्वर नगरपालिकामा इन्जिनियरिङ कलेजको निर्माणकार्य तत्काल थालिने बताएका छन् । २४ वर्षअघि नै जग्गा खरिद गरिए पनि त्यहाँ हालसम्म नक्सापास गर्ने कामबाहेक अरू कुनै कार्य भएको छैन । उक्त स्थानमा सञ्चालनमा आउने विभिन्न कलेजमा स्थानीयलाई रोजगारी र छात्रवृत्तिमा पहिलो प्राथमिकता दिइने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑