वीरगंज । सोलुदुधकुण्ड नगरपालिका-७ गार्मामा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। आज (आइतबार) दिउँसो अन्दाजी ३ बजे बाख्रा चराउने क्रममा घर नजिकै भालुले आक्रमण गर्दा अन्दाजी ४० वर्षीय गोपाल भुजेल घाइते भएका वडा कार्यालयले जनाएको छ।
अनुहार, ढाड, तिघ्रालगायतका क्षेत्रमा गहिरो चोट लागेका भुजेलको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कार्यबाहक वडाध्यक्ष भलाकाजी कार्कीले जानकारी दिए।
उनका अनुसार गार्मा स्कुल नजिकैको बारीमा बाख्रा चराउने क्रममा भुजेललाई भालुले आक्रमण गरेको हो। भालुको आतंक बढेसँगै विद्यालय आउने बालबालिकालाई जोखिम बढेको कार्कीले बताए।