• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वन मन्त्रालयमा नमुना काम गरेर देखाउछु : मन्त्री यादव

  • वीरगंज संजाल
  • ५ भाद्र २०७९, आईतवार १९:१९
  • २४०१

    वीरगंज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले आफु वन तथा वातावरण मन्त्रालयमा मन्त्रीका हैसियतले रहदा सम्म विकासको क्षेत्रमा नमुनाको काम गरेर देखाउने बताउनु भएको छ । आज आइतबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको वातावरण संरक्षण दिगो विकासका वर्तमान चुनौतीहरु विषयक कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले आफु विकासको बाधक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “म र मेरो मन्त्रालय विकासको बाधक होईन, म जती दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमुना काम गर्ने छु ।” यसैगरी मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय ताली खाने भन्दा पनि गाली खाने मन्त्रालय भएकाले हामीले काम गर्दा पनि गाली मिल्छ नगर्दा पनि गाली मिल्छ । “रुख काट्ने अनुमति दिउ मन्त्रीले वन विनास ग¥यो, वन मारा मन्त्री आयो भनेर गाली गर्छन, रुख काट्ने अनुमति नदिउ विकास रोक्यो, विकास बिरोधी मन्त्री आयो भन्छन,” मन्त्री यादवले थप भन्नुभयो, “हामी गाली सहेर भएपनि विकासको क्षेत्रमा नमुनाको काम गर्ने छौँ ।”

    सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले आम नागरिक, नागरिक समाज, बिज्ञ एवं पत्रकारहरुका राय, सुझाबका आधारमा आफुले काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । वन तथा वातावरणका क्षेत्रमा निश्वार्थ भवना लिएर राम्रो काम गर्नुका साथै वन क्षेत्र जोगाउनमा उल्लेख्य योगदान गरेको भन्दै मन्त्री यादवले नेपाल वातावरण पत्रकार समूह तथा पदाधिकारीहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । यसैगरी मन्त्री यादवले हिजोका दिनमा कुन मन्त्रीले के गरे म त्यसको वास्ता गर्दिन तर म के गर्दै छु, मैले गरेको कामको असर के हुन्छ भन्ने विषयमा जानकारी लिएरमात्रै काम गर्ने र गर्दै आएको जिकिर गर्नुभयो । वन तथा वातावरणको क्षेत्रमा काम गर्ने सातवटै प्रदेशका पत्रकार साथीहरुसँग बैठक राखी आगामी दिनमा वन तथा वातावरणको क्षेत्रमा कसरी काम गर्ने र के गर्दा हाम्रो देशको वन तथा वातावरण जोखिन्छ भन्ने विषयमा योजना बनाइ काम गर्ने तयारीमा आफु रहेको समेत मन्त्री यादवले उक्त कार्यक्रममा जानकारी गराउनुभयो । यसैगरी मन्त्री यादवले मन्त्रालय भित्र मन्त्रीले गरेका कामहरुका फाईल अगाडि नबढाउने, असहयोग गर्ने खालका कामहरु भइरहेका र त्यो विषयमा आफुले हेर्दै आएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “गलत काम प्रति म सचेत छु, मेरो हातबाट गलत काम हुदैन, सही काम गरेको छु भने मलाई सबैको सहयोग आवश्यक छ, असहयोग गर्ने जो सुक्कै होस त्यसलाई म त्यो ठाउँमा राख्दिन ।”

    यसैगरी मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय युरोसिक्समा जानकालागि अगाडि बढी सकेको जानकारी दिनुभयो । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले पनि २०४५ सम्म नेपाललाई कार्वन क्रेडिटमा सून्यमा झर्ने प्रतिबद्धता जनाई सक्नु भएकाले हामी अव कारर्वन क्रेडिट सून्यमा झार्न हरेक क्षेत्रमा गएर काम गर्ने छौँ । अहिलेको समयमा जलवायु परिर्वतनका क्षेत्रमा यही अवस्था रह्यो भने वन तथा वातावरण मन्त्रालयले चाडै सङ्कट कालको घोषणा गर्ने तयारीमा रहेको र क्याविनेटमा प्रस्ताव लैजाने तर मञ्जुरी दिने नदिने क्याबिनेटको हातमा रहेको समेत मन्त्री यादवले जानकारी गराउनुभयो । वन तथा वातावरणका क्षेत्रमा थुप्रैकाम गर्न आवश्यक रहेको भएपनि आर्थिक अभावका कारण ती कामहरु गर्न नसकिएको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “वातावरणका क्षेत्रमा थुप्रैकामहरु गर्नु पर्ने छ, हामीसँग बजेट अभाव छ, तैपनि मेरो दिमागले भ्याए सम्म काम गर्दै आएको छु र गर्ने छु ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑