रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
रौतहटको मौलापुर नगरपालिका–८ बस्ने ४० वर्षीय महेशी राय यादवको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।
सोही गाउँस्थित खेतमा पानीको मोटर जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको नेशनल मेडिकल कलेज बीरगन्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।