वीरगंज । हिमाञ्चल प्रदेश, झार खण्ड, ओडिसा र उत्तराखण्ड लगायत धेरै राज्यहरूमा भारी वर्षापछिको बाढी पहिरोमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशमा शुक्रबार देखिको भारी वर्षापछिको पहिरो र बाढीका कारण एकै परिवारका आठ सदस्यसहित कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
सो राज्यमा र वर्षासँग सम्बन्धित घटनाहरूमा १० जना घाइते भएका छन् भने ६ जना बेपत्ता भएका छन् । उत्तराखण्डमा चार जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।
नदीले खतराको चिन्ह नाघेका र पुलहरू बगाएपछि कैयौँ गाउँबाट हजारौँ लाई विस्थापित गरिएको छ । पहिल्यैदेखि बाढीको चपेटामा परेको ओडिसाका ५ सय गाउँका ४ लाख मानिस प्रभावित भएका छन् ।