• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कक्षा १२ को नतिजा भदौ दोस्रो साता

  • वीरगंज संजाल
  • ४ भाद्र २०७९, शनिबार १५:५५
  • ३३८१

    वीरगन्ज । जेठको १६ गतेदेखि भएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ गते को हाराहारीमा गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन्।

    यसपालिको नतिजामा विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफल प्राप्त गरे पनि नन-ग्रेडिङ समेत हुने र त्यस्तो भएमा विद्यार्थीले पुन: परीक्षा दिनुपर्ने नियम लागु भएको उनले बताए।

    परीक्षामा निश्चित प्रतिशत अङ्क आउँदा ए प्लस, ए, बी, सी, डी जस्ता ग्रेड वर्गीकरण गरेर नतिजा दिइने प्रणालीलाई लेटर ग्रेडिङ भनिन्छ। “तर कुनै विषयमा ३५% भन्दा कम अङ्क आएमा त्यसलाई ग्रेड दिइँदैन र नन-ग्रेडिङ हुन्छ। नन-ग्रेडिङ पाएका विद्यार्थीले पुन: बोर्ड परीक्षा दिनुपर्नेछ,” शर्माले भने।

    यसअघिका १२ कक्षा परीक्षामा ‘कट-अफ’ विन्दु थिएन। तर यसपालिदेखि कक्षा १२ मा नयाँ पाठ्यक्रम लागू भएको र त्यसै बमोजिम ग्रेडिङ प्रणाली समेत फेरबदल भएको अधिकारीहरूले बताएका छन्।

    “डी भन्दा मुनि एनजी वा नन-ग्रेडेड अङ्क दिइन्छ। नन-ग्रेडेड विद्यार्थीले शैक्षिक प्रमाणपत्र पाउँदैनन्,” उनले भने।

    अङ्क वर्गीकरण

    ९० प्रतिशत र सोभन्दा माथि – ए प्लस (सर्वोत्तम)
    ८०-८९.९ प्रतिशत – ए (अत्युत्तम)
    ७०-७९.९ प्रतिशत – बी प्लस (उत्कृष्ट)
    ६०-६९.९ प्रतिशत – बी (उत्तम)
    ५०-५९.९ प्रतिशत – सी प्लस (सन्तोषजनक)
    ४०-४९.९ प्रतिशत – सी (ग्राह्य)
    ३५-३९.९ प्रतिशत – डी (आधारभूत)
    ३५ भन्दा कम – एनजी (अवर्गिकृत)
    यसपालि कक्षा १२ को बोर्ड परीक्षामा ४ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।
    परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ती परीक्षार्थीमध्ये दुई विषयसम्म एनजी आएमा ग्रेड वृद्धिका निम्ति मौका परीक्षा यही वर्ष दिन पाइनेछ।

    “परीक्षाफल आएको डेढ महिनापछि त्यस्तो मौका परीक्षा दिन पाइन्छ। मौका परीक्षा दिँदा कम्तीमा एउटामा एनजी कटाएमा अर्को वर्षको वार्षिक परीक्षामा बाँकी एउटामात्र विषयमा जाँच दिन पाइन्छ। त्योबेला पनि फेरि एनजी आयो भने अर्को वर्ष पूरै विषयको जाँच दिनुपर्छ,” उनले भने । बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड
  • दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’
  • बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ
  • विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    News

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑