• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ६ ट्रक मल मेयर सिंहको नियन्त्रणमा

  • वीरगंज संजाल
  • २९ श्रावण २०७९, आईतवार १९:०८
  • ४८१७

    वीरगंज । मलको अभाव कुनै नौलो कुरा हैन, वर्षेनी रासायनीक मलको अभावबाट यहाँका किसानहरु गुज्रीरहेका छन् । सरकारले मल ल्याउने जति प्रयास गरेपनि मल अपर्याप्त नै हुन्छ । आइतवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भुटनदेवीस्थित कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयबाट ६ वटा ट्रक मल बोकेर अन्य जिल्लामा जाने तरखरमा थिए ।

    कार्यालय प्रमुख चन्द्र प्रसाद चौलागाईका अनुसार ति ट्रक पर्वत, पोखरा, हेटौडा, चपुर लगायतका स्थानमा जानका लागि तयारी अवस्थामा थिए । त्यत्तिकैमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसँगै यहाँका किसानहरु त्याहाँ पुगेर ट्रकलाई अघि बढ्नबाट रोकेका छन् । ट्रकलाई रोक्नुका साथै उनीहरुले मल बोकेका ट्रक नियन्त्रणमा लिएका छन् । मेयर सिंहकै अगुवाईमा ति ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित बाल मन्दिर प्राङ्गनमा राखिएको छ । मलको अभाव भएको पटकपटक किसानले माग गर्दा पनि नसुन्ने सरकारलाई सचेत गराउनका लागि मल बोकेको ट्रकलाई नियन्त्रणमा लिइएको मेयर सिंहले बताए । आक्रोशित हुँदै उनले थपे, “यहीँबाट मल देशैभर वितरण हुने तर यहाँकै किसानले नपाउने, धुलो मात्रै खाने । यही बाटो भएर अरु जिल्लामा गइरहेको हेरेर चित्त बुझाउन अब हामी सक्तैनौ, सरकारले पनि यस बारेमा गम्भिर रुपमा सोच्न आवश्यक छ, नत्र मल खरिद गर्ने र वितरण गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्छ । हामी आवश्यक्ताअनुसारको मल वितरण गर्छाै ।”

    ८ हजार मेट्रिक टन चाहिएको ठाउँमा ८ सय मेट्रिक टन पठाउँदा कसलाई दिने, कसलाई नदिने भन्दै उनले प्रतिप्रश्न समेत गरेका छन् । उनी थप्छन्, “वीरगञ्जबासी र पर्साका किसानले आवश्यक्ताअनुसारको मल पाएपछि मात्रै हामी यहाँबाट अन्यत्र जान दिन्छौ, नत्र दिँदैनौँ ।” कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख चन्द्र प्रसाद चौलागाईले १६ वटा जिल्लामा निश्चित तोकिएकै परिमाणमा मल पठाउने गरेको जानकारी दिए । मल अभाव भएको थाहा हुँदाहुँदै पनि तोकिएकै परिमाणबाहेकको मल कसैलाई दिन नसकिने उनले बाध्यता सुनाए । चौलागाई भन्छन्, “मल यतिले पुग्दैन भन्ने कुरा मलाई पनि थाहा छ, अनि सरकारलाई पनि । तर हामी केही गर्न सक्तैनौ । जबसम्म सरकारले नै मात्रा बढाएर दिँदैन तबसम्म हामी सरकारी कर्मचारीले मात्रै चाहेर मल बाँड्न मिल्दैन ।” प्रादेशिक मन्त्रालयबाट प्राप्त भएको ८ सय २३ टन मल आजदेखि पर्सा जिल्लामा वितरण गर्न थालिएको पनि उनले जानकारी दिए । करिब १७ हजार बोरामध्ये वीरगञ्ज महानगरका लागि २७ बोरा मल भागमा परेको उनको भनाई छ । पर्सा र वीरगञ्ज महानगरको लागि यसअघि तोकिएको मलको कोटा बढाउने तयारी भइरहेको छ । अहिले पनि यस विषयमा छलफल भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑