• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अस्ट्रेलियामा शिक्षक अभाव हटाउन नयाँ योजना

  • वीरगंज संजाल
  • २९ श्रावण २०७९, आईतवार १३:२७
  • १८१३

    वीरगंज । अस्ट्रेलियामा पछिल्लो समयमा देखिएको शिक्षकको अभाव पूरा गर्न रास्ट्रिय कार्ययोजना ल्याइने भएको छ । केन्द्रीय सरकारका शिक्षामन्त्री तथा अन्य राज्य तथा टेरिटोरीका शिक्षामन्त्रीले समस्या समाधान गर्न राष्ट्रिय कार्य योजना ल्याउने सहमति जनाएका हुन् । केन्द्रीय शिक्षामन्त्री जेसन क्लेयरले ६ राज्य तथा २ टेरिटोरीका शिक्षामन्त्रीसँग अहिले देखिएको शिक्षक अभाव पूरा गर्न छलफल आयोजना गरेका छन् । छलफलमा शिक्षामन्त्रीहरूले शिक्षकको चरम अभाव रहेको र त्यसलाई पूरा गर्न यस वर्षको अन्यसम्ममा राष्ट्रिय कार्ययोजना ल्याउन सहमत भएका हुन् । शिक्षक अभावका कारण पछिल्लो समय दुर्गमका विद्यालयमा पढाइ नै रोक्नुपर्ने अवस्था सृजना भइसकेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समस्या चर्किएपछि समाधानका उपाय खोज्न सबै शिक्षामन्त्री छलफलमा जुटेका हुन् । कार्ययोजनाअनुसार नयाँ र आकर्षक तलब तथा सेवा सुविधा, कामको कम भार, शिक्षण पेसामा नयाँलाई आकर्षित गर्नेलगायतका व्यवस्था गरिने भएको छ ।

    अस्ट्रेलियाली शिक्षण पेसामा काम गर्ने शिक्षकले सातामा ७० घण्टासम्म काम गर्नुपर्ने बाध्यता रहेको बताइएको छ । अबको ३ वर्षसम्ममा अस्ट्रेलियामा ४ हजारभन्दा बढी शिक्षकको अभाव हुन सक्ने आकलन छ । शिक्षामन्त्री क्लेयरले शिक्षण पेसा अत्यन्तै महत्त्वपूर्ण भए पनि आवश्यकता पूरा गर्ने शिक्षक नरहेको बताएका छन् । उनले राष्ट्रिय कार्ययोजना धेरै व्यक्तिलाई शिक्षण पेसामा आउन प्रेरित गर्ने, पेसामा रहेकाले स्थायी रूपमै रहने प्रोत्साहन गर्ने तथा शिक्षण पेसामा आउन चाहनेलाई कार्यक्षेत्रमा योग्य बन्नका लागि तयार गर्न केन्द्रित हुने बताएका छन् । उनले विद्यार्थी र कक्षाकोठाको संख्या बढिरहेको तर उक्त कक्षा सञ्चालन गर्ने शिक्षक भने कम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शिक्षक अभाव चर्किएपछि न्यु साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलियालगायतका राज्यले हजारौं डलर बराबरको नगद सुविधा दिने घोषणा गरिसकेका छन् ।

    भिक्टोरिया राज्यले त दुर्गम स्थानमा अध्यापन गराउन जानेका लागि थप सुविधासहित आउजाउका लागि सबै खर्च र सुविधासमेत सरकारले नै बेहोरिदिने घोषणा गरेको छ । दक्षिण अस्ट्रेलियाको सरकारी विद्यालयमा एक दशकदेखि पढाइरहेका कपिल पाण्डेले शिक्षा तथा अध्यापन क्षेत्रमा रुचि भएका नेपालीलाई समेत शिक्षण पेसामा आउने राम्रो अवसर भएको बताए । उनले अहिले अत्यन्तै कम नेपालीले अस्ट्रेलियाका विद्यालयमा अध्यापन गराइरहेको बताउँदै आफ्नो योग्यता तथा ज्ञानअनुसार शिक्षण पेसा अपनाउन सकिने प्रशस्त सम्भावना रहेको सुनाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑