वीरगंज । रौतहट भारतसंग सीमा जोडिएका नाकाहरुबाट सीमा वारपारको तस्करी कार्य फस्टाउँदै गएको छ । तस्करी नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीको मिलोमतोमा अबैध रूपमा तस्करी कार्यले तीव्रता पाएको हो । मधेश प्रदेश अन्तर्गत पर्ने मध्य तराईको रौतहट जिल्लाको सिमावर्ती चोर नाकाबाट सुरक्षाकर्मीको मिलोमतोमा अबैध तस्कारीले तिव्रता पाएको स्थानीय बासिन्दाहरुकले गुनासो गरेका छन् ।
भारतसँग जोडिएका सीमा नाकाहरुमा सुरक्षाकर्मीको सेटिंगमा तस्करी कार्य मौलाएको हो । रौतहट बन्जहराबाट ठुलो मात्र तस्करी फस्टाएको स्थानीयहरूको गुनासो रहेको छ । तस्करहरुले प्रहरीको सहयोगमा राजश्व छली गर्दै खाद्यान, चिनी, टिना तेल, आलु, प्याज, लत्ताकपडा, कस्मेटिक आइटम, इलेक्ट्रोक सामग्री, गुट्खा, हार्डवेयर लगायतका सामग्री दैनिक नेपाल भित्र्याइरहेका छन् । त्यस्तै प्रतिबन्धीत लागुऔषध गाँजा, चरेश तथा छोकडा, मरिच, इन्धन लगायातका सामग्रीहरु नेपालबाट भारत तस्करी भइरहेको छ ।
सीमा नाकाबाट हुँने तस्करीमा इलाका प्रहरी कार्यालय कवही, तेलकुवा प्रहरी चौकी कै संलग्नता रहेको स्थानीयहरु बताउछन् ।स्थानीयहरुका अनुसार प्रहरीले तस्करहरुसँग आर्थिक लाभ लिएर खुल्ला रुपमा तस्करी गर्न दिरहेका छन् । राजश्व छली गर्दै तस्करहरुसँग विशेष साँठगाँठ गर्नेमा इलाका प्रहरी कार्यालय कवहीगोठका प्रहरी इन्चार्जको संलग्नता छ । प्रहरी युनिटले महिनाको लाखौं भन्दा बढी रुपैंया तस्करसँग असुली गरिरहेका छन् । साभाल : यात्राडेलि