वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली, हरिहर नाथ मन्दिरको धर्मसालामा आज निःशूल्क आँखा शिविर सम्पन्न भएको छ ।
ग्लोबल ईमरजीङ्ग लिडर र वीरगंज समुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा १५२ जनाको आँखा परीक्षण गरिएकोमा २० जनामा मोतियाबिंद फेला परेको वीरगंज समुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए ।
वीरगंज महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सुरेस प्रसाद गुप्ताको अध्यक्षतामा भएको शिविरमा वीरगंज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामी लगायतको टोलीले आँखा परीक्षण गरेको थियो । शिविरमा ग्लोबल ईमरजीङ्ग लिडरका अध्यक्ष राहुल पटेल लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थीयो ।