वीरगंज । बिना दर्ताका औषधि पसलहरु धमाधम सिलबन्धि हुदै छ । यसौक्रममा औषधि व्यवस्था विभाग, शाखा कार्यालय, बीरगंजबाट मुकेन्द्र पन्जियारको नेतित्वमा मुकेश राउत लगायतको टोलिले ५ वटा फार्मेसीलाई सिलबन्धि गरेको छ ।
जानकारी अनुसार सिन्धुली र महोत्तरीमा गरि ५ वटा फार्मेसीलाई सिलबन्धि गरिएको छ । जसमा अरोहन सर्जिकल हाउस ,बिजय मेदिकल सेन्टर सिन्धुलि गरि दुईवटा पसलहरु
दर्ता नगरि संचालित रहेको छ।
त्यस्तै महोत्तरीको गौसालाको अम्लेश सर्जिकल , दिनेश सर्जिकल र सिद्धि सर्जिकल स्टोर गरि तिनवाटा पसलमा सिलबन्धि गरिएको छ । यो निरंतरताले औषधि पसलमा औषधि खरिद गर्दा बिक्री विल नदिने, मनोद्धिपक औषधिहरुको अभिलेख राख्ने तथा म्याद गुज्रेका औषधि संचय गर्ने गरेको जस्ता समस्यामा उल्लेखनिय सुधार भएको देखिन्छ ।
पछिल्लो केहि महिनामै धेरै जसो बिना दर्ताका औषधि पसलहरु निरुत्साहित भई औसधि पसल नै बन्द गरेको वा दर्ता प्रकृयामा आएको तथा दर्ता भएको औषधि पसलमा भेटिने गरेका कमि कमजोरीहरुमा विभागले कारबाही गरी औषधि पसललाई निलम्बन समेत गरेको भेटिएको छ ।