• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महोत्तरीमा १८ वर्षीय युवकको हत्या गरेको आरोपमा पाँच जना पक्राउ

  • वीरगंज संजाल
  • २६ श्रावण २०७९, बिहीबार २०:३१
  • १६७३

    वीरगंज । महोत्तरीमा १८ वर्षीय युवकको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । चोरी गरेको रकम फिर्ता माग्दा हत्या गरिएको प्रहरीले जनाएका छन्। पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका ४ घर भइ धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ मा डेरा लिई बस्दै आएका ३२ वर्षीय जित कुमार यादव, २१ वर्षीय कृष्ण यादव, जनकपुरधाम ४ घर भई वडा नं। ७ मा डेरा लिई बस्दै आएका २५ वर्षीय सन्तोष कुमार, औरही गाउँपालिका २ पौडेशवर घर भई क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरमा डेरा लिई बस्दै आएका २१ वर्षीय किरण भन्ने प्रमिला महरा र २७ वर्षीय बिगुल मुखिया विन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। असार २० गतेदेखि जनकपुरधाम ७ बाट बेपत्ता भएका १८ वर्षीय अजय भन्ने अर्जुन साहको शव २३ असारमा महोत्तरीको लोहारपट्टी ८ भगवानपुर चौर स्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिम साईडमा फेला परेको थियो ।

    यस्तो छ हत्याको कारण

    करिव १ बर्षअघि प्रमिला महरा, उनको श्रीमान बिगुल मुखिया र कृष्ण यादव मृतक अर्जुन साहको घरबाट १ लाख नगद तथा सुनका गरगहना चोरी गरेका थिए । करिव ६ महिना पश्चात मृतक अर्जुनका आमाले प्रमिला र कृष्णलाई प्रहरी कार्यालयमा उजुरी गर्छु भनेपछी तिनीहरुबीच छलफल पछि आपसी सहमति भएको थियो। जस अनुसार बिगुल मुखियाले १ लाख १७ हजार र कृष्णले २ लाख ४६ हजारको तमसुक बनाएर सम्पर्क बिहिन भएका थिए। करिव २०–२५ दिनअगाडि अर्जुनका आमाले जनकपुरधाममा उनीहरुलाई फेला पारी तमसुक बमोजिम आफ्नो पैसा नतिरे प्रहरीमा उजुर गर्ने भनेपछि आमा र छोराको हत्या गर्ने योजना बनेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।
    प्रमिला र उनका श्रीमान र कृष्णले आमा र छोराको हत्या गरेर अर्जुनका आमाले लगाएको सुनका गरगहना, घरमा रहेको नगद र उनीहरुसँग बनाएको तमसुक लुट्ने योजना बनाएका थिए।

    कृष्णले पूर्व योजना अनुसार आफ्नो दाजु जित कुमार यादव र सन्तोष कुमारलाई अर्जुनलाई मारेर ३० हजार दिने भनेपछी
    असार २० गते बिहान जितले अर्जुनलाई फोन गरी लोहारपट्टीको फूलबरिया गाउँमा जाने भनेर ई(रिक्सा रिजर्भमा लिएका थिए । सोही दिन बेलुका जित र सन्तोष अर्जुनको ई(रिक्सामा बसेर लोहारपट्टी ८ भगवानपुर चौर स्थित भ्रमरपुरा बाट लोहारपट्टी जाने भित्री सडक खण्डमा लगि गम्छाले घाँटीमा पासो लगाई ई(रिक्सा भित्रै हत्या गरेर शवलाई सडक देखि पश्चिम पट्टीको नहरमा फाली ई(रिक्सा लिएर उनीहरू फर्केका थिए। आरोपितहरुले जनकपुरधाम ७ मुसहरी टोलस्थित माँ जानकी सप्लायर्स प्रा।लि।बालुवा डिपो नजिकको हिलो सडकमा ई –रिक्सा छोडेर फरार भएका थिए । प्रवक्ता विष्टले यस घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहतका कार्यालयहरू, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी प्रदेश कार्यालय बीरगंज हाल जनकपुरबाट खटेको संयुक्त प्रहरी टोलीले बिभिन्न पक्षहरूबाट अनुसन्धान गरेपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको बताए। यस सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑