• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चिनियाँ समकक्षी वाङसँग परराष्ट्रमन्त्री खड्काको के के कुरा भए ?

  • वीरगंज संजाल
  • २६ श्रावण २०७९, बिहीबार १९:२८
  • १७३७

    वीरगंज । चीनको भ्रमणका क्रममा परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच निकै सौहार्द्रपूर्ण कुराकानी भएको भेटवार्तामा संलग्न नेपाली अधिकारीहरूले बताएका छन् । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीन आएका मन्त्री खड्काले शानतोङ प्रान्तको छिङताउ सहरमा मन्त्री वाङ यीको टोलीसँग भेटवार्ता गरेका थिए । ‘भेटवार्ता र रात्रिभोजका लागि जम्मा डेढ घण्टा समय छुट्याइएको थियो । तर कुराकानीका सिलसिलामा बढ्दो हार्दिकताले समय दोब्बर बढी भयो,’ बैठकमा सहभागी एक अधिकारीले कान्तिपुरसँग भने । भेटमा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले खड्कासमक्ष चीनमा उत्रिएदेखिको वृत्तान्त सोधेका थिए, ‘कहाँ कहाँ जानुभयो, पहिला आउनुभाथ्यो कि थिएन ? कस्तो लाग्यो चीन?’

    वार्तामा सहभागी नेपाली अधिकारीहरूका अनुसार थाती रहेका लगभग सबै नेपाल र चीनबीचका एजेन्डाहरू कार्यान्वयनमा जाने भएका छन् । बेइजिङबाट वार्तामा सहभागी भएका नेपाली दूतावासका मिनिस्टर कौशलकिशोर रायका अनुसार तिब्बतमा कोभिड देखिएकाले लकडाउन गरिएको र खुल्नेबित्तिकै रसुवागढी नाकाबाट नेपाली सामान पनि आयात हुन थाल्नेछ । त्यसैगरी कोरोनाका कारण लामो समयदेखि बन्द रहेको हिल्साको फुलान नाका पनि खुल्नेछ। यो नाका नखुल्दा नेपाली नागरिकलाई तिब्बतबाट सामान किन्न समस्या भइरहेको थियो । तातोपानी नाका निरन्तर रहेकाले नाकासम्बन्धी समस्या लगभग समाधान हुनेछ। कुराकानीमा चिनियाँ मन्त्री वाङ यीले कोभिडका कारण रोकिएका सबै नेपाली विद्यार्थीहरूलाई पढाइ पूरा गर्नका लागि चीन फर्किन दिइने बताए। यसअघि चीनले निश्चित विद्यार्थीमात्र आउन दिएबमोजिम केही विद्यार्थी चीन आइसकेका छन् ।

    संवादका क्रममा परराष्ट्रमन्त्री खड्काले चीनबाट सानातिना भन्दा पनि वस्तुगत ठोस सहयोग हुनुपर्ने बताए । ‘सहयोग व्यक्तिका लागि होइन, देशका लागि भन्ने सोचेर गर्नुपर्‍यो,’ मन्त्री खड्काको भनाइ उद्धृत गर्दै मिनिस्टर रायले भने, ‘हाम्रो अर्थतन्त्रको स्तरोन्नतिका लागि नेपालले दीर्घकालीन साझेदार खोजिरहेको छ। मन्त्रीज्यूले ठ्याक्कै यस्तो शब्द राखेपछि वाङ यीले भने, ‘ठीक छ, हामी तपाईंको उद्योग धन्दाको क्षमता वृद्धिका लागि सहयोग गर्नसक्छौं, उत्पादकत्व बढाउनका लागि चीनले ‘चेन र भ्याल्यु सप्लाइ’मा जोड्छ। वार्तामा सहभागी उद्योग मन्त्रालयका सचिवले यस प्रस्तावमा अध्ययन गर्ने र कुन खालको उद्योगलाई त्यो चेनभित्र घुसाउन सकिन्छ र कुन नेपाली सामानलाई नेपालमा ‘भ्यालु एड’ पश्चात् चिनियाँ बजारको चेनमा पठाउन सकिन्छ भनेर निधो गरिने बताए । बैठकमा सहभागी नेपाली अधिकारीका अनुसार चीनले रासायनिक मल सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। नेपाली प्रतिनिधिमण्डलले निकै उत्साहपूर्वक लिएका दुइटा उपलब्धिमध्ये नेपाल−चीन रेलवेको फिजिबिलिटी अध्ययन चीनले आफ्नै खर्चमा गर्ने, जुन ३ सय मिलियन आरएमबी जति लाग्ने अनुमान छ र चाइना−नेपाल क्रस बोर्डर ट्रान्समिसन लाइनको प्रि−फिजिबिलिटी पनि चिनियाँ खर्चमै हुने भन्ने रहेका छन्। चिनियाँ परराष्ट्र मन्त्रालयको वेभसाइटमा उल्लेख भएअनुसार मन्त्री वाङ यीले नेपाललाई दिएको सहयोगमध्ये चीन–नेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि यसै वर्षभित्रमा सर्वेक्षण गर्न विज्ञहरु नेपाल पठाउने घोषणा गरेका छन् । त्यस्तै चीनले नेपाललाई ९८ प्रतिशत वस्तुमा शून्य महसुल दर सेप्टेम्बर १ देखि लागू गर्नेछ। नेपाली पक्षलाई यस नीतिको लाभ लिनका लागि चीनमा निर्यात विस्तार गर्न सहयोग गर्नेछ। एक चीन नीतिप्रति नेपालले पुनः जनाएको प्रतिबद्धताको पनि वाङ यीले प्रशंसा गरे। उनले दुवै पक्षले उच्चस्तरीय आदानप्रदानलाई कायम राख्ने, अन्तरपार्टी आदानप्रदानलाई सुदृढ गर्ने र देश, पार्टी शासन सञ्चालनमा अनुभवको आदानप्रदान र पारस्परिक सिकाइलाई गहिरो बनाउने बताए।

    दुबै पक्षले सक्दो चाँडो ‘बेल्ट एण्ड रोड’को संयुक्त निर्माणको कार्यान्वयन योजनामा ​​वार्ता र हस्ताक्षर गर्ने भन्दै उनले एक वर्षभित्र संयुक्त आर्थिक तथा व्यापार समिति र निर्बाध व्यापार कार्य समूहको बैठक आयोजना गर्ने बताए। चिनियाँ पक्षले नेपालमा उत्पादन र आधुनिक कृषिको विकास गर्न र स्वतन्त्र विकासका लागि आफ्नो क्षमता अभिवृद्धि गर्न चिनियाँ उद्यमहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताएको छ। त्यसका अलावा काठमाडौं भित्री चक्रपथको दोस्रो चरणको स्तरोन्नतिको कामलाई तीव्रता दिने र विद्युत् अन्तरसम्बन्धित आयोजनाको प्रवर्द्धन गर्ने, ऊर्जा सहयोग योजनालाई सुदृढ पार्ने, हिमालयन त्रि-आयामिक अन्तरसम्बन्ध सञ्जाल निर्माण गर्ने, विपद् रोकथाम र न्यूनीकरणमा सहयोग गर्ने तथा चीन−दक्षिण एसियाली राष्ट्रिय आपतकालीन सामग्री रिजर्भ बैंकमार्फत नेपाललाई विपद् रोकथाम र चिकित्सा सामग्री उपलब्ध गराउने, दुवै पक्षले महामारी नियन्त्रण र चिकित्सा तथा स्वास्थ्य सेवामा सहयोगलाई सुदृढ गर्ने, दुई देशमा परम्परागत चिनियाँ औषधि केन्द्रहरू निर्माण र सञ्चालनलाई प्रवर्द्धन गर्ने र चिनियाँ जडिबुटी औषधिको खेतीमा सहयोग गर्न दुई देशका उद्यमहरूलाई सहयोग गर्ने, चीनले नेपाली सार्वजनिक अस्पतालहरूलाई ब्लड क्यान्सर उपचार उपकरण र प्रविधि उपलब्ध गराउने, खोप सहायता जारी राख्ने, न्यायिक मामिला, साइबर क्रस बोर्डर अपराध प्रतिरोध, सीमा व्यवस्थापन, जनस्तरीय र सांस्कृतिक आदानप्रदानलाई गहिरो बनाउने तथा सीधा उडानहरू बढाउने जस्ता कुरामा व्यापक सहमति जुटेको पनि चिनियाँ परराष्ट्र मन्त्रालयको वेभसाइटमार्फत जारी विज्ञप्तिमा उल्लेख छ।

    चिनियाँ परराष्ट्र मन्त्रालयको बेइजिङ प्रेस ब्रिफिङ

    नेपालका परराष्ट्रमन्त्रीले समकक्षीसँग भेटवार्ता सकेर फर्किँदै गर्दा बेइजिङमा चिनियाँ परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर चीन र नेपाल ट्रान्स हिमालयन रेलमार्ग निर्माण गर्न सहमत भएको र यसै वर्षभित्र अन्वेषण गर्न चीनले विज्ञ नेपाल पठाउने पुष्टि गरेको छ। चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले भने, ‘चीन र नेपालका परराष्ट्रमन्त्रीबीच भएको वार्तामा दुवै पक्षले रेलमार्ग निर्माण गर्न सहमति जनाएका छन्।’स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले चीनले नेपाललाई दिएको सहयोग चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा सहयोग गर्ने र यसै वर्षभित्र सर्वेक्षण गर्न विज्ञहरू नेपाल पठाउने घोषणा गरेको पनि प्रवक्ता वाङ वनपिनले पुष्टि गरेका छन् । कान्तिपुरबाट साभाल गरिएको

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑