वीरगंज । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । यस दिन छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।