वीरगंज । जिल्ला प्रशासन कार्यालय, धनुषाले बुधबार सेवाहरु स्थगन गरेको छ ।
कार्यालयका प्रशासकीय अधिकृत बलवीर ठाकुरको बुधबार बिहान हृदयघातका कारण निधन भएपछि सेवाहरु स्थगन गरेको छ ।
साथै भाइरल ज्वरोका कारण ८/९ जना कर्मचारी संक्रमित भइ होम आइसोलसनमा रहेको हुनाले बुधबार एक दिनका लागि प्रवाहित हुने सेवाहरु स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको छ ।