वीरगंज । जब कुनै महिला गर्भवती हुन्छिन्, उनले सबैभन्दा पहिले सोच्ने कुरा भनेको बच्चा स्वस्थ जन्मियोस् । त्यसो त गर्भावस्था महिलाको लागि एकदमै जटिल समय हो । यो बेला स-साना कुरामा ध्यान नदिए निकै जोखिमपूर्ण अवस्थाको समेत सामना गर्नुपर्ने हुनसक्छ ।
त्यसैले, स्वस्थ बच्चा र स्वस्थ आमाका लागि यो संवेदनशील समयमा गर्भवती महिला र परिवारका अन्य सदस्यले विशेष ख्याल राख्नुपर्छ । स्वस्थ बच्चा जन्माउनका लागि गर्भवती महिलाले के के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. ज्योति अग्रवालको सुझाव यस्तो छ ःःबच्चाको योजना बनाएपछि सबैभन्दा पहिला त महिलाले आफ्नो स्वास्थ्य जाँच गराउनुपर्छ । जाँच गर्दा स्वास्थ्यमा केही समस्या देखियो भने त्यसको राम्ररी उपचार गरेर बच्चा जन्माउने योजना गर्न सकिन्छ ।
गर्भवती महिला पहिलो पटक परीक्षणका लागि अस्पताल जाँदा नै थाइराइड र मधुमेहको जाँच गरिन्छ । थाइराइड र मधुमेह भएका महिलाहरूले पनि बच्चा जन्माउन सक्छन्, तर उपचारबाट रोगको अवस्था घटाएपछि मात्र । उनीहरुले यसपछि मात्रै गर्भधारणको योजना योजना बनाउनुपर्छ ।बच्चाको योजना गर्नु बनाउनुअघि वा गर्भवती भइसकेपछि महिलाले नियमित परीक्षण गर्दा उनीहरू कुन स्थितिमा छन् र बच्चाको अवस्था के छ भन्ने कुराको जानकारी लिन सकिन्छ । त्यसैले नियमित परीक्षण गर्न छुटाउनु हुँदैन ।