• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज-ठोरी सडक अधुरै

  • वीरगंज संजाल
  • २५ श्रावण २०७९, बुधबार १०:२९
  • ३५०१

    वीरगंज । वीरगन्ज–ठोरी हुलाकी सडक निर्माण भएपछि ठोरीको दक्षिणतर्फ रिसोर्ट, रेस्टुरेन्ट र पसलहरू धमाधम खुले । आन्तरिक तथा भारतीय पर्यटक आउन थालेपछि व्यवसायीलाई भ्याइनभ्याइ छ । नजिकैको स्टोन पार्कले पनि पर्यटकलाई तान्ने गरेको छ । पार्कको करिब १ किमि पर भन्सार चोक छ । त्यहाँ होटल व्यवसाय, हाटबजार, बसपार्क, पिकनिक स्पट, सीता गुफालगायत स्थानमा निकै चहलपहल छ । तर, त्यही सडकको साढे ५ किलोमिटर विभिन्न बहानामा निर्माण पूरा हुन नसकेपछि ठोरीकै पश्चिमतर्फ भने स्थानीयले सास्ती खेप्दै आउनुपरेको छ । ठोरी–१ पश्चिमतर्फको सडक निर्माण नभएपछि स्थानीय विकास र अवसरबाट वञ्चित भएका हुन् । डेढ वर्षअघि ठेकेदार कम्पनी बानियाँ/कालिका जेभीले सडक निर्माण पूरा नहुँदै हस्तान्तरण गरेको हो । उक्त सडक खण्डमा रहेको ढेडु खोलामा पुलसमेत निर्माण गरिएको छैन । बाटो र पुल दुवैबाट वञ्चित भएपछि ठोरी–१ स्थित दीपानगर, जानकीनगर, सरस्वतीनगर, भगवाननगर, रोजिनगर र चौताराका करिब ४ हजार जनसंख्या प्रभावित भएका छन् । ठेकेदार कम्पनीले त्यतिबेला हुलाकी सडकको दोस्रो प्याकेजअन्तर्गत चमरीदेखि ठोरीसम्म ३० किमि सडक खण्डमा विभिन्न स्थानमा गरी करिब साढे ५ किमि काम पूरा नगरी अधुरो छोडेको थियो ।

    यो सडक निर्माणको ठेक्का १ अर्ब १७ करोड रुपैयाँमा भएको थियो । सडक बनाउन २०७४ कात्तिक १३ मा सम्झौता गरिएबमोजिम ठेकेदार कम्पनीले २०७७ जेठ २ सम्म काम सम्पन्न गरी सक्नुपर्थ्यो । तर लकडाउन तथा अन्य कारणले काम गर्ने वातावरण नभएको जनाउँदै पटक–पटक म्याद थप भएको थियो । स्थानीय प्रकाश खनाल हुलाकी सडक लामो समयदेखिको सपना भए पनि त्यसलाई अधुरै छाडिँदा सम्पूर्ण ठोरीवासी लाभान्वित हुन नसकेको बताउँछन् । ‘हुलाकी सडक हाम्रो सपना थियो, सदरमुकामसँग हामी जोडियौं पनि,’ उनले भने, ‘तर आधा मूल ठोरी गाउँवासीले भने हुलाकी सडक निर्माणपछि परिवर्तनको अनुभूति गर्न सकेका छैनन् ।’

    अर्का स्थानीय नवराज फुयाँलले वर्षायाममा ढेडु खोलामा बाढी आउँदा वीरगन्ज तथा गाउँकै अन्य टोलमा पनि सहजै जान नसक्ने बताए । ‘गाउँमै आधा हुलाकी सडक चिल्लो छ, तर हाम्रोतिर भने यत्तिकै छोडिएको छ,’ उनले भने । खोलामा पुल नहुँदा वीरगन्ज–ठोरी र ठोरी–माडी चल्ने सार्वजनिक यातायात सेवा पनि प्रभावित हुने गरेको छ । सडक निर्माणमा दबाब दिन ठोरीवासीले स्थानीय जगेन्द्र पौडेलको संयोजकत्वमा ‘अधुरो हुलाकी सडक निर्माण संघर्ष समिति’ गठन गरेका थिए । समिति हाल निष्क्रिय छ । समितिका संयोजक पौडेलले त्यति बेला प्रधानमन्त्रीसम्मलाई भेटेर दबाब दिएको बताए । ‘विभिन्न सरोकारवाला निकाय हुँदै प्रधानमन्त्रीसम्म पनि पुग्यौं,’ उनले भने, ‘आश्वासन मात्र पायौं, काम अघि बढेन ।’

    हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका प्रमुख इन्जिनियर दारोगा प्रसादले सडक निर्माणको क्रममा चितवन राष्ट्रिय निकुञ्जले अवरोध गरेपछि कामले पूर्णता पाउन नसकेको बताए । ‘निकुञ्जले आफ्नो क्षेत्रमा पर्‍यो भनी अवरोध गर्‍यो, तर ग्राभेल सडक र कल्भर्ट बनाउन्जेल केही बोलेन,’ उनले भने, ‘कालोपत्र गर्नै लाग्दा हस्तक्षेप गर्‍यो, कतिपय स्थानमा बाटोमा परेका रूखसमेत हटाइदिएन ।’हुलाकी सडक निर्माणका लागि गरिएको ईआईएमा निकुञ्ज प्रशासनले सहमति नदिएको र पहिलो ईआईएलाई खारेजसमेत गरेकाले काम सम्पन्न गर्न समस्या भएको उनले बताए । निकुञ्ज प्रशासन सहमतिमा नआउन्जेल तत्कालै काम अघि बढ्ने सम्भावना नरहेको उनले बताए । संघीय सरकारका वनमन्त्री प्रदीप यादवले हाल यो सडकको सम्बन्धमा चासो लिएको र उनी पनि पर्सा जिल्लावासी भएकाले समस्याले निकास पाउनेमा आशावादी रहेको प्रसाद बताउँछन् । संभाल : कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑